शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदहको गुम्ला गाँउमा बिजुली बल्यो स्थानिय खुशी

खप्तड छेडेदहको गुम्ला गाँउमा बिजुली बल्यो स्थानिय खुशी

  • शनिबार, पुस २३, २०७९
खप्तड छेडेदहको गुम्ला गाँउमा बिजुली बल्यो स्थानिय खुशी

टेक बहादुर बुढा – खप्तड छेडेदह गाउँपालिका ७ गुम्ला गाउँमा बिजुली बलेको छ । गाउँमा रहेका ५२ परिवारमा राष्ट्रिय प्रशारण लाइनको बिजुली बलेको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमका बिच बिजुलीको उद्घाटन गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन । गाउँमा बिजुलीको लागि लामो समयदेखि पहल गर्दै आएको र अहिले गाउँमा बिजुली बाल्न सफल भएको वडा अध्यक्ष रावतले बताए ।
वडा अध्यक्ष रावतले भने गाउँमा बिजुलीको लागी विगतदेखि सबैसंग पहल, समन्वय गर्दे आएको बताए । गुम्ला गाउँमा बिजुली जलेपछि त्याहाका स्थानीयहरु खुशी भएका छन ।
गुम्ला गाउँका बासिन्दा अध्यारोमा बस्दै आउनु परेको र अहिले गाउँमा बिजुली बलेपछि खुसी लागेको स्थानिय वीर बहादुर रावतले बताए । स्थानीय रावतले भने गाउँमा बिजुली बलेपछि अध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बताए । कार्यक्रममा वडाका कर्मचारी, खापरदेवस्थली माध्यमिक बिद्यालयका शिक्षक भिमलाल नेपाली लगायत स्थानीयहरुको उपस्थिति रहेको थियोे ।

चर्चामा

सम्बन्धित समाचार