शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • खप्तड छेडेदह:- पैसा अभाबमा अलपत्र मुटुरोगि बच्चाको उद्धार

खप्तड छेडेदह:- पैसा अभाबमा अलपत्र मुटुरोगि बच्चाको उद्धार

  • मङ्लबार, पुस १९, २०७९
खप्तड छेडेदह:- पैसा अभाबमा अलपत्र मुटुरोगि बच्चाको उद्धार

टेक बहादुर बुढा–आर्थिक अभाबमा अलपत्र १३ महिनाको मुटु रोगि बच्चालाई उपचारका लागि काठमाडौ पठाइएको छ । पैसा अभाबमा उपचारमा समस्या भएको भन्दै बडिमालिका खबर लगायत सञ्चारमाध्यममा समाचार प्रकाशित पछि बच्चालाइ उद्धार गरेर एम्बुलेन्स मार्फत काठमाडौ पठाइएको वडा अध्यक्ष खगेन्द्र रावतले वताएका छन् ।
खप्तडछेडेदह गाउँपालिका ५ डोगडि बस्ने दुर्गा देबी रावतको १३ महिनाको छोरा सन्दिप रावत पैसा नहुदा अलपत्र अबस्थामा रहेका थिए । समाचार पछि काठमाडौमा रहेको मेडिकल पुनस्र्थापना संस्था काठमाडौले उपचारमा सहयोग गर्ने गरि बच्चाको उद्धार भएको खप्तडछेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले वताएका छन् । समाचार प्रकाशित पछि काठमाडौ उपचारमा सहयोग सँगै खान बस्नको सम्पुर्ण ब्यबस्थापन संस्थाले गर्ने संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
संस्थाका अनुसार बच्चाको उपचार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौमा गरिने वताएको छ । बच्चालाइ उपचारमा तथा भाडा व्यबस्थापनका लागि छेडेदह गाउँपालिकाले ५० हजार सहयोग गरेको गाउँपालिका अध्यक्ष रावतले वताएका छन् । त्यस्तै फिल्म निर्माता तथा सामाजिक अभियान्ता अमृत ढुगांनाले ५ हजार अछामको पत्रकार धनराज साउदले ३ हजार, एकीकृत समाजवादी अछाम जिल्ला उपसचिव नमराज न्यौपानेले २ हजार सहयोग गरेका छन् ।
सन्दिपको मुटुको समस्या सँगै कडा कुपोषित समेत रहेको अस्पताल बाजुराले जनाएको छ । अस्पताल बाजुरामा चेकजाँच गर्दा सन्दिपको मुटुमा समेत समस्या रहेको डा. जस्मिता बलमपाकीले वताएकी छन् । मुटुमा समस्या सँगै कडा कुपोषित समेत रहेको बलमपाकीले वताईन् ।
कुपोषणको उपचार जिल्ला अस्पताल बाजुरामा हुने भएपनि मुटुको उपचारका लागि काठमाडौ रिफर गरेको थियो । मुटुको उपचार गर्न काठमाडौ रिफर गरेको भएपनि परिवार सँगै पैसा नहुदा अस्पताल बाजुरामा नै अक्सिजन मार्फत सन्दिपको कुपोषणको उपचार भइरहेको थियो । समाचार प्रकाशित पछि बच्चा उद्धार भएको डा. बलमपाकीले वताईन् ।
बच्चा कुपोषित देखीएपछि आफन्तले स्थानिय डोगडि स्वास्थ्य चौकीमा उपचारका लागि लगेको थिए । डोगडि स्वास्थ्य चौकीले कडा कुपोषित रहेको भन्दै अस्पताल बाजुरामा रहेको पोषण पुर्नस्थापना केन्द्रमा रिफर गरेको थियो । अस्पताल बाजुरामा चेकजाँच गर्दा कुपोषण सँगै मुटुमा समेत समस्या देखिएपछि काठमाडौ रिफर गरेको थियो । पैसा नहुदा अस्पताल बाजुरामा राखेका थियौ, अहिले सहयोग मिल्दा उद्धार भएको सन्दिपका बुवा पदम रावतले वताए ।

चर्चामा

सम्बन्धित समाचार