शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

  • मङ्लबार, पुस १९, २०७९
आज यी तीन प्रदेशको हिमाली भू-भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना छ।

हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

चर्चामा

सम्बन्धित समाचार