
जो जस्लाई देशको मायाँ अघात लाग्छ,
देश पनि आफ्नै शुन्दर दिन रात लाग्छ।
कहिले हिमाल हांसे जस्तै हिया खुसिले
मायुंर नाचे झैं दायां बायाँ जमात लाग्छ।
ऊ हराउंन पुग्छ आफ्नै देशको रनबनमा,
समाज आफ्नै सन्तान एउटै जात लाग्छ।
जहाँ जन्मियो र हुर्कियो खेलेर काख मा,
आफ्नो जिन्दगी नै उसैको सौगात लाग्छ।
यही माटोमै अटाउंनपाए गौरव़ ठान्नेथिएं,
यही नै जगतमा मान्छेको औकात लाग्छ।
तेरो मेरो भन्छन एक आपसमा तनातनी,
जान्छन् रित्तो बांकी सबै वाईहात लाग्छ।
