आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • राजनीति
  • खप्तड छेडेदह गाउँपालिकाको समग्र विकासका लागी प्रतिबद्ध भएर काम गर्र्छु -नेता शाही

खप्तड छेडेदह गाउँपालिकाको समग्र विकासका लागी प्रतिबद्ध भएर काम गर्र्छु -नेता शाही

  • शनिबार, कार्तिक २६, २०७९
खप्तड छेडेदह गाउँपालिकाको समग्र विकासका लागी प्रतिबद्ध भएर काम गर्र्छु -नेता शाही

टेक बहादुर बुढा, बाजुरा – आसन्न मङसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब ८ दिन मात्र रहेका छन ।

चुनाव नजिकिदै जादा जिल्लाका प्रमुख राजनितिक दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तथा घरदैलो अभियानलाई तिब्र पारेका छन । यतिबेला उम्मेदवारहरुले आफ्ना चुनावी प्रतिबद्धदाहरु जनताहरु माझ सार्वजनिक गरि रहेका छन । यसै बिच नेपाली काँग्रेस तथा गठबन्धनको तर्फबाट प्रदेश सभा ख का उम्मेदवार तथा नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश संगठन विभाग प्रमुख पदम बहादुर शाहीले खप्तड छेडेदह गाउँपालिकाको समग्र विकासका लागी सर्धै प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

आफु निर्वाचित भईसके पछि समग्र जिल्ल्लाको विकासका साथै खप्तड छेडेदह गाउँपालिकाको विकासका लागी सदैब लागि रहने बताएका छन । नेता शाहीले भने गाउँपालिकामा सडक सञ्जाल तर्फ सेति लोकमार्ग पुरा गर्ने , काँडा मार्तडी सडक सञ्जाल सु-सम्पन्न गर्ने , डाव खप्तड सडक खण्ड कालोपत्री गर्ने र सबै वडाहरुबाट पालिका जोड्ने सडकहरु विस्तार गर्ने बताए । त्यस्तै स्वास्थ्यका क्षेत्रमा जनशक्तिको दरबन्धि पुरा गर्ने , स्वास्थ्य संस्थाका भवनहरु निमाणर् गर्ने बताए । त्यस्तै शिक्षा क्षेत्रमा सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षाको प्रबन्ध गर्ने , विभिन्न प्रविधिक शिक्षाका लागी तालीमहल स्थापना गर्ने पनि नेता शाहीले प्रतिबद्धता व्यक्त गरेका छन । साथै गाउँपालिकाका विभिन्न वस्तिहरुमा लागेका पहिराहरुलाई रोकथाम गर्ने बताए ।

त्यस्तै छेडेदह ताल पहिरोको जोखिममा रहेकाले विभिन्न प्रविधि र विज्ञहरुको सलह अनुसार रोकथाम गर्ने बताए । अहिले सम्म संघ प्रदेसमा पुगेका कुनै पनि नेताहरुले गाउँपालिकाको विकास गर्न नसकेको पनि नेता शाहीले आरोप लगाएका छन ।

तसर्थ खप्तड छेडेदह गाउँपालिकाको विकास नै आफ्नो मुख्य एजेन्डा रहेको नेता शाहीले बताएका छन । साथै आफु बाजुराको विकासका लागी सधै प्रतिबद्ध रहेकाले सबैलाई मतदान गर्न पनि नेता शाहीले आहवान गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार