शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एक हजार ३ सय ७९ मतदाता थपिए

बाजुरामा एक हजार ३ सय ७९ मतदाता थपिए

  • सोमवार, साउन २३, २०७९
बाजुरामा एक हजार ३ सय ७९ मतदाता थपिए

जंग रावल — बाजुरा जिल्लामा १ हजार ३ सय ७९ नयाँ मतदाता थपिएका छन्। गत असार १ गतेदेखि सुरु भएको मतादाता संकलन यहि साउन १९ गते देखी स्थगित भएको दिन सम्म १ हजार ३ सय ७९ मतदाताले फोटो सहितको मतदाताले नाम दर्ता गराएका हुन । जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला निर्वाचन कार्यालय बाजुरामा गरि २ स्थानमा नामावली संकलनको काम गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका सुचना अधिकारी बिशाल पुडासैनीका अनुसार जिल्ला प्रशासन कार्यालय बाजुरामा एक हजार १ सय १० र जिल्ला निर्वाचन कार्यालय बाजुरामा दुई सय ६९ नयाँ मतदाता दर्ता भएको बताएका छन् ।

यसका साथै १३ जना बाहिरका मतदाताले पनि बाजुराबाट नाम दर्ता गराएको जिल्ला निर्बाचन कार्यालय बाजुराका सुचना अधिकारी पुडासैनीले बताए । यो सँगै बाजुरा जिल्लामा मतदाताको संख्या ८८ हजार २ सय १४ पुगेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुरामा ८६ हजार ८ सय ३५ मतदाता रहेका थिए ।
फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले दर्ता गराएका भए पनि जिल्लाको कुल मतदाताको सख्यां भदौ ३१ गते मात्र अन्तिम नामावली प्रकाशन पछि थाहा हुने जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ ।

फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मध्य केहीको उमेर नपुगेर घट्न सक्ने जिल्लाका नागरिकले जिल्ला बाहिर नाम दर्ता गराएका भए बढ्ने अनुमान गरिएको जिल्ला निर्बाचन कार्यालय बाजुराले जनाएको छ । जिल्ला बाहिर दर्ता गराएको नामावली कार्यालयमा नआएको कारण एकिन तथ्याङ्क यहि हो भन्न नसकिने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरे सँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्ने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी पुडासैनीले बताए । मताधिकार प्रयोग  गर्न मंसिर ३ गतेसम्म १८ बर्ष पुरा गरेकाले मतदान गर्न पाउने निर्वाचान आयोगले निणर्य गरेको छ ।

सरकारले मङ्सिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ। अहिले तथ्याङ्क संकलन भईरहेकोले मतदाताको संख्या कति हुने भन्ने बारे भदौ ३१ मा मात्र थाहा हुने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार