जहाँ रङ बदल्छन ति छेपारा हरू सधै,
ती भ्रष्टचारी अनि गरिब मारा हरू सधै।
दन्किएको लावा माथी शान्तिको कथा,
निस्कृय हुन्छन न्यायका धारा हरू सधै।
एक थरि समर्थनमा आर्कोछ बिरोध मा,
खसाल्न खोज्छ गगनका तारा हरू सधै।
यस्तै यस्तै उनिहरूको गुजारा चलेकोछ,
थिचो मिचोछन गरिब सर्वहारा हरू सधै।
बांटिन्छन किसान देखी बुद्धिजिवी सम्म,
लगाउँछन आफ्नो धुनमा नारा हरू सधै।
एकथरी जगेडा हुन्छन दमित र कुन्ठित,
खानकै लागी गरिरहन्छन झारा हरू सधै।
सुरेशकुमार पान्डे।