शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृर्षि ज्ञान केन्द्र बाजुराको बार्षिक प्रगति ८९.३७ प्रतिशत

कृर्षि ज्ञान केन्द्र बाजुराको बार्षिक प्रगति ८९.३७ प्रतिशत

  • बुधबार, साउन ४, २०७९
कृर्षि ज्ञान केन्द्र बाजुराको बार्षिक प्रगति ८९.३७ प्रतिशत

बाजुरा —  जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९ को बार्षिक प्रगति ८९.३७ प्रतिशत प्रगति भएको जनाएको छ । मंगलबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच आर्थिक बर्ष २०७८/०७९ को बार्षिक प्रगति समिक्षा तथा २०७९/०८० को आगामी कार्याक्रमको सर्बजनीकीकरण गरिएको थियो ।
गएको आर्थिक बर्षमा प्रधानमन्त्री कृर्षि आधुनीकिरण परियोजना कार्यकमको जम्मा बजेट ९७ लाख ७० हजार मध्य ८९ लाख ११ हजार २ सय ९० रुपैया खर्च भएको छ । ९ सय २० कृर्षक घरधुरी लाभाम्वित भएका छन् । सघ सशर्त अनुदानक कृर्षिमा जम्मा १८ लाख मध्य १७ लाख ४० हजार खर्च भएकोमा २ सय ५० जान कृर्षक घरधुरी लाभाम्वित भएका जनाएको छ ।
त्यसै गरी कृर्षि बिकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम अन्र्तगत २ लाख ८ हजार बिनियोजीत बजेट मध्ये २ लाख ८ हजार नै खर्च भएको स्वा कार्यक्रममा ५० जना कृर्षकले सहयोग पाएका छन् । प्रदेश सरकार अन्र्तगतको जम्मा ८ करोड ३७ लाख ४० हजार मध्य ६ करोड ३८ लाख ४५ हजार ६ सय २० रुपैया खर्च भएको जस्मा ६ हजार ८ सय ४७ जना कृर्षकले सहयोग पाएको तथ्याङ्क सार्बजनिकीकरण गरेको छ ।
कृषि उपज बजारीकरण कार्यक्रम अन्र्तगत स्याउ, प्याज, सिमि, कोदो, लगायत रैथाने बालीमा यस आर्थिक बर्षमा ३७ हजार ७ सय ८५ हिउदे फलफूल विरुवा स्याउ ओखर किवि रोपण कार्य भएको छ । जसबाट करिव थप ८५ हेक्टर क्षेत्रफलमा फलफूल क्षेत्र विस्तार भएको जनाएको छ । त्यसै गरि बर्खे फलफूल ३ हजार ३ सय ५० विरुवा रोपण गरि १५ हेक्टर क्षेत्रफलमा वगैचा विस्तार भएको छ ।
उच्च घनत्व स्याउ बगैँचा स्थापना– ११ हजार १ सय बोट भएका ९ वटा उच्च घनत्व बगैँचा स्थापना भएका छन् । यसै आर्थिक बर्षमा ७ हजार १ सय बोट भएका ५ वटा उच्च घनत्व स्याउ बगैचा स्थानि गरि निर्माण कार्य सम्पन्न गरिएको जनाएको छ ।
प्लाष्टिक घरको प्रयोग मार्फत बेमौसमी तरकारीको उत्पादनमा बृद्धि भएको प्रतुतिकरणमा जनाएको छ । जिल्ला भरि २ सय ८३ वटा अस्थायी÷अर्ध स्थायी र स्थायी प्रकृतिका प्लाष्टिक घरको निर्माण भएका छन् । जसबाट ५० टन गोल भेडा उत्पादन भई २५ लाख वरावरको गोलभेडा उत्पादन भई विक्रि वितरण भएको छ ।
साफेँबगर मार्तडी सडक खण्डमा केरा/उखु विरुवा रोपण– रोड कोरिडरमा हरियालीका साथ साथै उखु तथा केरा खेतिबाट कृषकको आम्दानीमा बृद्धि भएको बताईएको छ । यसै बर्ष जंगली मेलमा नास्पाती कलमी कार्यक्रम अन्र्तगत जल्लामा २५ हजार मेलका बोटमा नास्पाती कलमी गरि नास्पाती उत्पादन शुरु भएको छ ।त्यसरी उत्पादित नास्पातीलाई प्रसोधन गरि जाम बनाई विक्रि वितरणको थालनी गरिएको छ । ४ हजार जंगली मेलमा नास्पाति कलमी गरिएको छ ।
यसै बर्ष ४ सय ७ जना कृषकहरुले १ लाख ७ हजार ६ सय ७० वटा फलफूलका वोट रोपेर जोगाए वापत स्यहार खर्च स्वरुप प्रति वोट रु २३ का दरले रु २४ लाख ७६ हजार ४ सय १० रुपैया नगद अनुदादन प्राप्त गरेका छन् । यसवाट कृषकहरुलाई फलफूलका वोटको संरक्षण र गोडमेल गर्नुपर्छ भन्ने भावनाको विकास भएको छ । ८६ जना कृषकलाई उत्पादनमा आधारित मह, रैथानै वाली, भटमास, प्याज, उन्नत विउमा प्रतिफलमा आधारित प्रोत्साहन अनुदान वितरण भएको छ ।

चर्चामा

सम्बन्धित समाचार