शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला बिपत ब्यबस्थापन समितिद्धारा २ ओटा कार्य योजना पास

जिल्ला बिपत ब्यबस्थापन समितिद्धारा २ ओटा कार्य योजना पास

  • बिहिबार, असार ३०, २०७९
जिल्ला बिपत ब्यबस्थापन समितिद्धारा २ ओटा कार्य योजना पास

बाजुरा — जिल्ला बिपत ब्यबस्थापन समिति बाजुराले २ ओट कार्ययोजना पास गरेको छ । बिहिबार सम्पन्न बैठकले यस अध्यावधिक समितिले तयार पारेका बिपत पूर्व तयारी तथा प्रतिकार्य योजना २०७९ र मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना २०७९ पास गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीको अध्यक्षतामा बसेको बैठकले बिपत सम्बन्धी प्रतिकार्य योजना संगै ९ ओटा निणर्य गरेर सार्बजनिक गरिएको छ ।
बिपत ब्यबस्थापन समितिको बैठकले जिल्लामा हुन सक्ने बिपत तथा मनसुन जन्य घटना न्युनिकरण र हुन नदिन बिभिन्न निणर्य गरेको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले बताएका छन । २८ गते जिल्ला खाध्य अधिकार संजालले दिएको ज्ञापन पत्रलाई समेत सम्बोधन हुने गरी कार्यनवयनलाई अगाडी बढाउन बिहिबार बसेको बैठकले निणर्य गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका वडा न १ मुक्तिकोटमा चरम कुपोषणको कुरा संचार माध्याममा आईरहेको र त्यहाँ केही ब्यक्ती तथा संस्थाले खाध्यान्न बितरण गरिहेकोले केही महिना अगाडी जिल्ला प्रशासन कार्यालयमार्फत एकद्धार प्रणलीबाट गर्न आग्रह गरिएको भए पनि सहजताका लागि स्थानिय तह बिपत ब्यबस्थापन समितिलाई जिम्मा दिने र त्यसको जानकारी जिल्ला बिपत ब्यबस्थापनमा गराउने निणर्य गरिएको जनाएको छ ।
त्यसै गरी मुख्य राजमार्गको रुपमा रहेको साफेँ मार्तडी सडकलाई सुचारु गर्न पुणर् सचेतिकरण हुने र सडक बिभागलाई जानकारी गराउने निणर्य गरिएको जनाएको छ । जेठ ३० गते देखी असार ३० गते सम्म बिपतमा परेका नागरिकको राहत स्वरुपको रकम रु २१ हजार रुपैयाँ अनुमोदन गर्ने लगायतका निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार