बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे डाेगडी स्वास्थ्य चौकी पहिराको उच्च जोखीममा

बाजुराकाे डाेगडी स्वास्थ्य चौकी पहिराको उच्च जोखीममा

  • बुधबार, असार २९, २०७९
बाजुराकाे डाेगडी स्वास्थ्य चौकी पहिराको उच्च जोखीममा

टेक बहादुर बुढा — बाजुराको खप्तड छेडेदह गाउपालिकाको स्वास्थ्य चौकी पहिरोको उच्च जोखीममा रहेको छ । गाउँपालिकाको वडा नं ५ मा रहेको डोगडी स्वास्थ्य चौकी पहिरोको उच्च जोखीमा रहको हो । असार २४ गते आएको अबिरल बर्षाका कारणले स्वास्थ्य चौकीको माथिबाट पहिरो आएर धेरै क्षेती भएको छ ।
स्वास्थ्य चौकीको माथि सडक बनाएको र सडकमा पहिरो आउदा स्वास्थ्य चौकी नै जोखीमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक दल बहादुर रावतले बताए । पहिरो सडकमा आएको बाढीका कारण सडक भत्के पछि बाढी स्वास्थ्य चौकीमा गएर पुरिएको र उक्त पहिरोले स्वास्थ्य चौकीमा रहेका धेरै औषधीहरु समेत क्षेती पुर्याएको स्वास्थ्य संयोजक रावतले बताए ।
स्वास्थ्य चौकीको भौतिक संरचनामा समेत ठुलो छेति गरेको गाउपालिकाका स्वास्थ्य संयोजक रावतले बताए । उनका अनुसार अहिले स्वास्थ्य चौकीमा रहेका केही सामाग्रीहरु अर्को भवनमा सार्ने काम भईरहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार