मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मुर्खको राज्य-लघुकथा!

मुर्खको राज्य-लघुकथा!

  • आइतवार, जेष्ठ १५, २०७९
मुर्खको राज्य-लघुकथा!

सुरेशकुमार पान्डे — मैले देशलाई स्वर्ग पुराउँने छुँ कृपया मलाई सत्तामा केहीबर्ष बसिरहन दिनुहोस्।आफ्ना सबै तानाशाही औजार प्रयोग गरिसकेपछी अन्धेरी नगरको राजाले आफ्ना प्रजा सँग सहयोग माग्छ।उस्ले यस्तै गरेर राज पाठ थप्दै गर्दा कयौं पुस्ता राज गर्दै आएकाहुंन।
अन्धेरी नगरको प्रजा भने अत्याधिक दयालु थिए राजाको यही याचनाले उनिहरूको कोमल हृदयलाई पगाल्यो।यत्रो वर्ष हामिले राजा खम्बा सिहँलाई राज गर्न दियौँ मात्र केही भर्ष अरू मागेकाछन के थाहा उन्ले सांचो पो भनेकाछनकी!संदेश हालमा बसेका प्रजाहरू आपसमा कानाफुसी गर्न थाले।खम्बा सिहँ धेरै चत्तुर छन यिनको कुरामा न अलझ्यौँ!त्यँही बसेको एकजना युवाले आवाज उठाए!यो देखेर खम्बा सिहँ मनमनै भन्छ “यो युवा मेरोलागि खतरा हुनसक्छ यसको बिद्रोही स्वभाव लाई कुचल्नैपर्छ मैले”मञ्च बाट जुरूक्कै उठेर दुबै हात जोडी पुनः बिन्ति गर्न थाल्यो अनि भन्यो मेरा आदरणिय प्रजा मैले सत्य बोलेको छुं मैले झुठ बोलेको भए म यो संदेश हाल बाट भाइर जान पाउँदैन।भन्छन कुनै सत्य ब्याक्तिको बोलीमा धेरै बल हुन्छ मलाई यो झुठा आरोप लगाउँने जुन सुकै ब्यक्तिलाई पनि मैले माफ गर्दिएं तर यदि त्यो ब्याक्तिको नियत खराब रैछ भने मेरा इस्वरले कहिलैई पनि माफ गर्नेछैन।राज खम्बा सिहँले यत्ति भन्दै आफ्नो बिचारको बिट मार्छ।
कार्यक्रमको सभा हालमा बसेका प्रजाहरूलाई चिया पानको गरेर जान अनुरोध गर्दै मञ्च सञ्चालन गरेका ब्यक्तिले आवहान गर्छन।सबैले चिया नास्ता गर्छन एकछिन पछि त्यँहा बाट सबै बिदा भयर आ आफ्ना घर पुग्छन।
भोली पल्ट गाउँमा एकजना युवाको आकासमिक मृत्यु हुन्छ।के भयो यो बाबुलाई?एकजना किसानले सोध्छन खै चट्कापट्कै भयो एकैछिनको मुटु दुख्यो भन्यो अलिवेर पछि त पराणनै गयो।
उफ हिंजो देशका राज जस्तो बिष्णुका औतारलाई अनाप सनाप भन्दैथियो!सो चट्कापड्कै हुनुनैथियो।होइन छिट्टै घाट लैजाव यसलाई!भन्दै एउटा परोहीतले निर्देश दिन्छ।जनता अक्क बक्क एक आर्काको मुख हेराहेर गर्छन।आफ्नै घरका जहानले त्यो युवाको लाशलाई एउटा पापीको लाश जस्तै ठान्दछन।छोराको लाशलाई नियाल्दै बृद्धा बाले आंखा बाट आंसु बगाउँदै बल्ल तल्ल पोष्टमार्टम गरेको भय थाहा हुनेथियो कि मेरो बाबुको मृत्यु कसरी भयो!भन्दै यचना गर्छ।चट्का पड्कै मरेकोलाई किन पोस्टमार्टम गर्ने यो पापिको लाशलाई छिट्टै घाट लैजाव नत्र फेरी कुनै अनहोनी हुन सक्छ,प्रलय हुनसक्छ!भुँइचाल आउँन सक्छ जनताहो अब ढिला नगर
भन्दै त्यो लाशको नजिकै बसेका केही ब्याक्तिले भन्छन उनिहरू त्यही राजाका आसे पासे र गासेहरू थिए।अनि सबैले हँ मा हँ मिलाउँदै त्यो युवाको लाशलाई घाट लग्छन।
यो मृत्यु कसोगरी भयो त्यो अब सधैका लागी रहश्यनै रहन्छ।अब राजाको बिरोध गर्ने कुनैपनि थिएन र सबैले उसलाई बिष्नुको औतार सम्झिनथाले अनि राजतन्त्रमानै आस्था राख्न थाले।
जुनसुकै घटना घटेपनि राजालाई देवतालाई जस्तै पुज्नथाले सबैले आ आफ्ना घरमा राजाको फोटा लगाएर पुज्नथाले त्यही देशका जनताले अनि राजाको साशन लम्बिंदै गयो कसैले बिरोध गर्दैनथ्यो कसैले गरिपनि हाल्यो भने त्यो जिवित रहँदैनथ्यो।उस्को रहस्यमय मृत्यु हुँदा राजामा झनै बिस्वास गर्न थाले किनकी त्यो मुर्खको राज्य थियो।
सत्येको खोजी गर्ने हिम्मत कसैमा थिएन त्यो कायरको बस्ति थियो।राजाले दिनलाई रात भन भन्दा रात भन्न तैयार हुन्थे मात्र बांचनका लागि मरिरहेका थिए ज्युँदा लाश बनेर मुर्खको राज्या यस्तै हुँदो रहेछ।

चर्चामा

सम्बन्धित समाचार