शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकामा अध्यक्ष र उपाअध्यक्षमा एमाले विजयी, काँग्रेस क्लिन स्वीप

गौमुल गाउँपालिकामा अध्यक्ष र उपाअध्यक्षमा एमाले विजयी, काँग्रेस क्लिन स्वीप

  • सोमवार, जेष्ठ २, २०७९
गौमुल गाउँपालिकामा अध्यक्ष र उपाअध्यक्षमा एमाले विजयी, काँग्रेस क्लिन स्वीप

बाजुरा — बाजुराको गौमुल गाउँपालिकामा नेकपा एमाले अध्यक्ष उम्मेदवार हरि बहादुर रोकाया र उपाअध्यक्ष सिता रोकाया (थापा) विजयी भएका छन् । २०७४ को स्थानिय चुनावमा पनि अध्यक्ष र उपाअध्यक्ष यी दुबै जना विजयी भएका छन् ।
हरि बहादुर रोकायाले ३ हजार ४ सय ३४ मत ल्याएका छन् । नेपाली काँग्रेसका हिरेन्द्र बहादुर रोकायाले १४ सय ७० मत ल्याएर पराजय गरेका छन् । त्यस्तै उपाअध्यक्ष सिताले ३ हजार १ सय ९४ मत ल्याएर काँग्रेसकि उम्मेदवार उमा रोकायालाइ पराजय गरेकि छन् । उमाले १७ सय ४४ मत ल्याएकि थिईन् । २०७४ सालको स्थानिय चुनाव हरि बहादुर रोकायाले २२ सय ४० मत ल्याएका थिए भने काँग्रेसका देव बहादुर रोकायाले १४ सय ९१ मत ल्याएका थिए ।
त्यस्तै २०७४ को स्थानिय चुनावमा उपाअध्यक्ष सिता रोकाया थापाले २२ सय १ र काँग्रेसकि उमा रोकायाले १५ सय १० मत ल्याएकि थिइ्न । उपाअध्यक्ष लडेका सिता र उमा २०७४ पनि सँगै लडेका हुन् । गौमुल गाउँपालिकामा ६ वटै वडा पनि नेकपा एमाले विजयी हासील गरेको छ । गौमुल गाउँपालिकामा ३२ पदमा भएको निर्वाचनमा ३२ नै एमालेले विजयी हासील गरेको हो ।
वडा नम्बर १ मा देव बहादुर रोकाया, २ मा देव बहादुर रोकाया, ३ मा गोरख बहादुर बोहोरा, ४ मा अम्मर बहादुर बिक, ५ मा कलक बहादुर सिंह र वडा नम्बर ६ मा प्रकाश बहादुर रोकाया विजयी भएका हुन् ।
नेपाली काँग्रेस गाउँपालिकामा क्लिन स्वीप भएको छ । २०७४ को स्थानिय चुनावमा नेपाली काँग्रेसले वडा नम्बर २ मात्र जितेको थियो, यो पालि भने कुनै पनि वडामा काँग्रेसले जित हासिल गर्न सकेन् । वडा सदस्य पनि पुरै एमालले जितेको छ ।

चर्चामा

सम्बन्धित समाचार