शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आचारसंहिता बिपरीत वालबालिका प्रयोग, ठुला दलहरुबाट बढी उलंघन

आचारसंहिता बिपरीत वालबालिका प्रयोग, ठुला दलहरुबाट बढी उलंघन

  • शुक्रबार, बैशाख २३, २०७९
आचारसंहिता  बिपरीत वालबालिका प्रयोग,  ठुला दलहरुबाट बढी उलंघन
बडिमालिका नगरपालिका वडा न १ र ५ मा नेपाली काग्रेसकाे प्रचारमा प्रयाेग गरिएका बालबालिका ।

बाजुरा — निर्वाचन आयोगले चैत्र १५ गते रातीबाट लागु हुने गरी आचार संहिता लागु गरेको थियो । यसै क्रममा बाजुराका बिभिन्न ठाउमा चुनावी प्रचार प्रसारमा १८ बर्ष मुनीका बालबालिकाहरुलाई प्रयोग गर्दै प्रचार प्रसार सामाग्रीहरु बोक्न लगाएको दृष्यहरु सामाजिक सञ्जालमा आइरहेका छन ।  निर्वाचन आचार संहितामा १८ बर्ष भन्दा मुनीका बालबालिकाहरुलाई कुनै पनि राजनितिक दल वा उम्मेद्वारले प्रयोग नगर्न र प्रचार प्रसारका सामाग्रीहरु ओसार पसार गर्न नपाइने कुरा उल्लेख गरेको छ ।

आचार संहिता पालन गर्ने प्रतिबद्धता देखाएका दलहरुबाटै यसररी आचार संहिता उल्लघन गर्नु राम्राे नभएकाे नागरिक समाजका अगुवाहरुले बताएका छन । ३०७९ बैसाख २१ गते जिल्ला प्रसासन कार्यालयमा बसेकाे सर्वपक्षिय सर्वदलिय बैठकमा नेपाली काँग्रेसका सभापती रामसि‌ रावलले आफ्नाे पार्टीबाट कुनै आचार संहिता उल्ललघन नहुने र गर्न नदिने पनी बताएका थिए । यसै क्रममा नेकपा एमालेका सचिव भरत थापा र नेकपा माअाेबादी केन्द्रका नेता देबिचन्द बुढाले पनी आचार संहिता बिपरित कुनै पनि कार्य नगर्ने प्रतिबद्धता देखाएका भए पनि साे बैठक भन्दा पछी बढि नै आचार संहिता उल्लघनका घटना बढ्दै गएकाे पाइएकाे छ ।

निर्बाचान आयोगको २०७८ चैत्र २२ गते निकालेको निर्बाचान आचारसंहिता कार्यान्वयनमा दलहरुको प्रतिबद्धता र आयोगबाट दलहरुलाई गरिएको निर्देशनको ५ नम्मर बुदामा दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका क्रममा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाइने प्रावधान रहेको भए पनि बाजुरामा प्रत्येक घर र टोलमा पार्टीका निर्बाचन चिन्ह सहितका झण्डाहरुले रंगिएका देखीन्छन । त्यस्तै बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने नियम बनाइएको भए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ता गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र बोर्ड राख्न तथा श्रव्य समग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था रहेको भए नि बाजुरामा भने यत्र तत्र आचार संहिता  बिपरित झण्डा र पाेष्टर टाँसेका देखिन्छन ।

चर्चामा

सम्बन्धित समाचार