बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा आचारसंहिताको ठाडाे उल्लघन, सम्बन्धीत निकाय मौन

बाजुरामा आचारसंहिताको ठाडाे उल्लघन, सम्बन्धीत निकाय मौन

  • मङ्लबार, बैशाख २०, २०७९
बाजुरामा आचारसंहिताको ठाडाे उल्लघन, सम्बन्धीत निकाय मौन

बाजुरा — बाजुरा जिल्लामा जिल्लाका राजनितीकदलहरुले आचारसंहिताको उल्लघन गरेको पाईएको छ । बाजुरा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकनजिकै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय पनि रहेको भए पनि मुखदर्शक बनेका छन ।

No description available.
त्यही लोकतान्त्रिक चोकलाई पार्टीका झण्डाहरुले रंगीचंगी बनाइएको भए पनि मुख्य निर्बाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालय मौन रहेको पाईएको छ । राजनीतिक दलहरुले सार्वजनिक स्थलमा दलका झण्डा फहराएर निर्वाचन आचारसंहिताविपरीतको कार्यलाई निर्वाचन आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरुले समेत नदेखेझैं गरिरहेका छन् ।

No description available.
नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो दल तथा चुनाव चिन्ह अंकित झण्डाहरू लोकतान्त्रिक चोकमा रहेका घर र विद्युतका पोलहरूमा डोरीमा बाँधेर तोरण बनाएर फहराएका छन । त्यही चोक भएर गाउँतिर दौडधुप गरिरहेका उम्मेदवार र तिनका समर्थकहरुका गाडीहरुमा पनि झण्डाहरु फहराएर नाराबाजी गर्दै कुदिरहेका देखिन्छन् । अनुगमन समितिले आचारसंहिता उलंघनकर्तालाई एक लाखसम्म जरिवानासमेत गर्नसक्ने नियम छ ।

No description available.
निर्बाचान आयोगको २०७८ चैत्र २२ गते निकालेको निर्बाचान आचारसंहिता कार्यान्वयनमा दलहरुको प्रतिबद्धता र आयोगबाट दलहरुलाई गरिएको निर्देशनको ५ नम्मर बुदामा दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचार प्रसारका क्रममा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाइने प्रावधान रहेको भए पनि बाजुरामा प्रत्येक घर र टोलमा पार्टीका निर्बाचन चिन्ह सहितका झण्डाहरुले रंगिएका देखीन्छन । त्यस्तै बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने नियम बनाइएको भए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ता गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

No description available.
निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र बोर्ड राख्न तथा श्रव्य समग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार