शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराका हलियाको चुनावी मुद्धा : गाँसबास कपासको ग्यारेन्टि होस !

बाजुराका हलियाको चुनावी मुद्धा : गाँसबास कपासको ग्यारेन्टि होस !

साहुबाट मुक्तमात्र हैन्, खाद्य सुरक्षाको ग्यारेन्टि होस

  • बुधबार, बैशाख २१, २०७९
बाजुराका हलियाको चुनावी मुद्धा : गाँसबास कपासको ग्यारेन्टि होस !

बाजुरा–बाजुराका हलिया समुदायले गाउँमा प्रचारप्रसारमा आउनेलाई गाँसबास कपासको ग्योरिन्ट हुनुपर्ने माग राखेका छन् । जिल्लामा रहेका १७ सय भन्दा हलिया समुदायले आफुहरुको बाच्न पाउने अधिकार हनन भएको त्यसको ग्यारेन्टी हुनेपर्ने वताएका छन् ।
बर्षौ देखी साहुको हलो जोतेर परिवार पालिरहेका छौ, स्थानिय सरकार पनि आफुहरुका मुद्धा प्रति बेखबर भएकाले आफ्नो मुद्धा सम्बोधन हुनुपर्ने हलिया अगुवा हिकम्त वडले वताएका छन् । हाम्रो एउटै मुद्धा हो, हाम्रो गाँसबास कपासको ग्यारेन्टि हुनुपर्ने लिखित प्रतिबद्धता भएपछि मात्र मतदानमा सहभागि हुने वडले वताए ।
नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त हलिया घोषणा गरेको थियो । नेपाल सरकारको तर्फबाट तत्कालिन शान्ति तथा पुन निर्माण मन्त्री जर्नादन शर्मा र राष्ट्रिय हलीया मुक्त समाज बिच ५ बुधे सम्झौता भई मुक्त हलिया घोषणा गरेको थियो । अहिले पनि धेरै माथिल्लो जातिको हलिया बस्दै आइरहेका छन् ।
सरकारले मुक्त हलिया घोषणा गरेपनि भने हलीया प्रथा उन्मुलन हुन सकेको छैन् । बाजुरामा १७ सय भन्दा बढि हलीया रहेका जिल्ला हलीया समाज बाजुराले जनाएको छ । सरकारले तथ्याङ्क संकलन १६ सय ३४ जनाको भएको थियो । तर प्रमाणिकरण भने १३ सय ११ मात्र रहेका जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । काँगजमा मात्र घोषणा गरियो, तर समुदायमा भने मुक्त नभएको हलिया समुदायका मनविरे सार्कीले वताए ।
सरकारले हलीयाहरु सगँको सम्झौता अनुसार हलिया मुक्त घोषणा भने सरकाले तुरुन्त गरेको थियो । बाँकि सहमति अनुसार साहुबाट लिएको ऋण मिनाहा, पुर्नस्थापनाको व्यवस्था, मूक्तिपछि आइपर्ने सुरक्षा व्यवस्था लगाएतका कुरा भने अझै कार्यान्वयन नहुदा हलियाहरु समस्यामा परेका छन । संघिय सरकारले पुर्नस्थापनाका नाममा थोरै बजेट दिएको भएपनि खालि भुल्याउने भन्दा अरु केही नभएको मुक्त हलिया समुदायका अध्यक्ष लालबिर सार्कीले वताए ।
बाजुराका हलिया समुदाय बस्तिमा बाह्रै महिना चरम खाद्यन्न संकट हुने गरेको छ । हामीलाई अरु विकास परिवर्तन भन्दा पनि पहिलो प्राथमिकता भनेको बाँच्ने आधार सुनिश्चित होस लालबिरे सार्कीले वताए । उनीहरु अहिले साहु प्रति सामान्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाई दिए के गर्ने भन्ने पीरले आफूहरु जस्तो सुकै कष्ट समेत सहन बाध्य भएको जयमल बिक बताउ“छन् । जिल्लाका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामिकार्तिक गाँउपालिकामा अझै हलिया प्रथा रहेको छ ।
बुढिन्नदा १ पिपलडालीका मनविर लुवारले पाच बर्ष पहिले परीवार पाल्नको लागि ६ हजार ऋण काढेका थिए । स्थानिय डबल कार्की बाट ऋण काढेको तिर्न नसकी उनी डबल कार्कीको हलिया बस्न बाध्य भएका हुन् । परीवार पाल्नको ६ हजार ऋण निकालेकोे मनविरले बताए । परीवार पाल्न लागि ६ हजार ऋण काढे, त्यही तिर्न नसक्दा हलिया बस्नु परेको दुखेसो पोखे । उनको तिन जना बच्चा र श्रिमति गरीे ५ जना परीवार छ । मनबिरे परीवार पाल्नको लागि बिहाना बेलुकी साहुको दैलो चारीरहेका छन् । “खानलाई एक आना समेत जग्गा छैन्, अनि बाच्नका लागि भएपनि हलिया बस्नु परेको छ । सरकारले मुक्त हलिया घोषणा मात्र गरेको छ । त्यसले के हुन्छ, अनि बाध्य भएर काम त गर्नु परयो मनबिरेले बताए” । कागजमा मात्र नभई हाम्रो सुरक्षा सहित मुक्त गर्नेलाई भोट दिने उनले वताए ।
मनविरले बर्षभरी साहूको हलो जोत्ने काम गर्छन् । त्यस काम बाफत १ बोरा धान र १ बोरा गहूँ मात्र पाँउछन् । त्यसले पनि खान पुग्दैन । बाँकी समय स्थानिय कोल्टि बजारमा गएर ज्याला मजदुरी गरेर परीवार पाल्दै आएका छन् । त्यस्तै गंगराम लुवारको पिडा पनि कम छैन् । स्थानिय साहु गोरख कार्की बाट १० बर्ष पहिले ५ हजार ऋण लिएर हलिया बस्नु परेको गंगरामले बताए । आफु सँग जग्गा जमिन केही छैन्, अनि साहु कहाँ नगएर कता जाने उनको भनाई छ । हलिया बस्नु साहुको बाध्यता नभएर आफ्नो बाध्यता भएको गंगरामले भने । पिपलडालिका दलित समूदायका २८ परिवारको बसोवास रहेको गाउँका सवैै स्थानीय गैर दलितको हलिया बसेका छन् । सरकारले हलिया मुक्त घोषणा गरेको भएपनि पुर्नस्थापना नगर्दा हलिया बस्न बाध्य भएका दलित अगुवा प्रेम विकले बताए । उनले भने खान लाउन पुग्दैन्, अनि बाध्य भएर साँहुको हलिया बस्ने गरेको बताए ।
यी जस्तै जिल्लामा रहेका १७ सय भन्दा बढि हलियाको अबस्था उस्तै छ । उनीहरु अहिले साहु प्रति सामन्य गुनासो पनि गर्दैनन् । गुनासो गरे साहुले आफूबाट लिएको ऋण पनि माग्ने र हलिया समेत छुटाई दिए के गर्ने भन्ने पीरले आफूहरु जस्तो सुकै कष्ट समेत सहन बाध्य भएको जयमल बिक बताउ“छन् । जिल्लाका बुढिनन्दा नगरपालिका, हिमाली, पाण्डबगुफा र स्वामिकार्तिक गाँउपालिकामा अझै हलिया प्रथा रहेको छ ।
हलिया समुदायलाइ गाँस र बासको चिन्ताले सधै पिरोलिरहेको छ । शुदुरपश्चिम र कणर्ाली प्रदेशमा हलिया परिवारको नाममा रहेको पुस्तौ पुस्तादेखिको ऋण मिनाहा सहित नेपाल सरकारले हलिया मुक्तिको घोषणा गरेपनि मुक्त हलियाहरुको अबस्था भने झन दयनिय बन्दै गएको छ । मुक्त हलिया बस्तिमा प्राय बाह्रै महिना खाद्य संकट हुने गरेको हलिया अगुवा हिक्मत वडले वताएका छन् ।
देशमा धेरै परिवर्तन भएपनि बाजुरा जिल्लाका मुक्त हलिया समुुदायलाई गासबासको निकै चिन्ता बन्दै आएको छ । मुक्तहलिया समुदाय अहिले चरम खाद्य संकट साथै बिभिन्न समस्याले भोगिरहेका भएपनि सरकार बेखबर बनेको जिल्ला हलिया मुक्तिसमाज बाजुराका अध्यक्ष लालबिर सार्कीले वताएका छन् ।
रोग पाल्दै हलिया महिला
बुढिन्नदा १ पिपलडाडी कि ६२ बर्षिय घिरु लुवारको तल्लो पेट दुखेको बषौ भईसकेको छ । ७ बच्चाको जन्म दिएकि घिरुले आर्थिक अभाबका कारण धेरै बर्ष देखि पेटको समस्या भएपनि आर्थिक अभाबले रोग पाल्दै आएकि छन् ।
“तिन वटा बच्चा पाए देखिनै तल्लो पेट दुख्न शुरु भएको हो, खानलाई हामि पैशा पाउदैनौ, अनि उपचार गर्नलाई कहाँ वाट ल्याउने घिरुले वताईन्” । नजिकै रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा गएपनि नेपालगञ्ज जाने सल्लाह दिएको थियो । आफु सँग पैशा नभएकाले पिडा सहदै बस्दै आएको उनले भनिन् । श्रीमान र आफुले साहँुका काम गरेर मात्र आफु र छोरा छोरी पाल्ने गरेको वताईन् ।
नेपालगञ्ज जानलाई २० हजार भन्दा बढि पैशा चाहिने गरेको छ । आफुँ सँग छाक्क टार्नलाई पैशा समेत छैन्, कसरी उपचार गर्ने उनले वताईन् । बर्षौ देखी रोग पाल्दै आएको भएपनि दिनभरी भने कडा परीश्रम गर्नु परदै आएको छ । कहिले ज्याला मजदुरी गर्ने गरेका छौ, भने कहीले साहँुका काम गर्ने गरेको घिरुले भनिन् । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कहिले काँहि गएर दुखाई कम गर्ने औषधि खाएर अहिले सम्म बाचेको उनले वताईन् ।
घिरुको जस्तै अर्कि मुक्त हलिया परिवारकी बिस्नकला लुवारले पनि रोग पाल्दै आएकि छन् । ‘पेटमा घाउ भएको धेरै भईसकेको छ, तर पैशा छैन, खानलाई त धौ धौ छ, कहाँ वाट उपचार गर्ने बिस्नकलाले वताईन्’ । स्वास्थ्य चौकिमा गएपछि यहाँ उपचार हुने सम्भावना नभएकाले अन्यन्त्र जाने सल्लाह दिन्छन आफु सँग पैशा हुदैन अनि पिडा सहेको उनले थपिन् । घरमा श्रीमान अरुको हलिया छन्, साहुँको हलो जोतेर परिवार पाल्ने गरेका छौ, सम्पत्तिको नाममा एक आना पनि छैन उपचारको कुरा त धेरै टाढाको बिषय बनेको बिस्नकलाले आफ्नो समस्या पोखिन ।
त्यस्तै पाँच वटा बच्चा पाएकि बिशु विकको त पाठेघर खस्ने समस्या झल्दै आएकि छन् । बच्चा पाँउने समयमा आरामको सट्टा कडा परिश्रम र पोषिले खानेकुरा नभएकाले आफ्नो स्वास्थ्य कमजोर हुदै आएको बिशुले वताईन् । बर्षौ देखि तल्लो पेट दुख्दै आएको थियो, कोल्टिमा शिविर सञ्चालन भएपछि पाठेघर खसेको थाहा पाएको उनले वताईन् । पाठेघर खसेको थाहा पाएपनि नेपालगञ्ज आउने सल्लाह दिएको छ । पैशा छैन कसरि उपचार गर्न जाने उनले वताईन् । पाठेघर खसेको भएपनि उनलाई आराम कहिल्यै गर्न पाउदैनन् । कडा परिश्रम गरेर परिवार पाल्नु पर्ने बाध्यता बन्दै आएको छ । उनको पाठेघरको अपे्रशन गर्नु पर्ने रहेको छ ।
बाजुरा जिल्लामा आर्थिक अभाबले बर्षौ देखि हलिया महिलाहरु रोग पाल्दै आएको स्थानिय मुक्त हलिया जयमल लुवारले वताएका छन् । कडा परीश्रम, धेरै बच्चा जन्माउने, सुत्केरी भएको बेला आराम कम हुने भएकाले उनिहरुको स्वास्थ्य कमजोर हुनुका साथै बिभिन्न रोगको संक्रमणमा पर्दै आएका छन् । आफ्नो श्रीमति विरामी भएको लामो समय भईसक्दा पनि उपचार गर्न नसकेको उनले वताए । दैनिक काम गरेर मात्र बिहान बेलुकाको छाक्क टार्ने गरेका छौ, उपचार गर्ने रकम कहाँ बाट ल्याउने जयमलले भने । गाँउमा रहेका स्वास्थ्य चौकिमा सामान्य रोगको उपचार मात्र हुन्छ । गम्भिर खाले रोग भएमा यहाँका महिलाहरुले धनगढी, नेपालगञ्ज र भारत जानु पर्ने बाध्यता रहेको छ, त्यहाँ जानलाई आर्थिक अबस्था कमजोर भएकाले बर्षौ देखि रोग पाल्दै आएको हलिया अगुवा गोरख विकले वताएका छन् ।
जिल्लामा हलियाका नाममा करोडौ रकम खर्च गरेका सरकारी तथा गैर सरकारी संस्था भएपनि बर्षौ देखि रोग पाल्दै आएका महिलाहरुका लागि भने केही भएको पाईदैन् । बर्षौ देखि जिल्ला हलिया मुक्ति समाज, केयर नेपाल, पुस बाजुरा नामक गैर सरकारी संस्थाले हलियाका क्षेत्रमा काम गरदै आएका छन् । जिल्ला विकास समितिले पनि हलियाका लागि भनेर काम गरेको देखाउदै आएको छ । हलियाका नाममा करोडौ बजेट खर्चेको भएपनि केही पहुँचवालका पेरीफेरीमा बजेट खुम्ने गरेको नागरिक समाजका प्रदिपराज जैशीले वताएका छन् । केहीलाई त जागिर खानका लागि मात्र यो कार्यक्रम भएको उनको आरोप रहेको छ ।
यता जिल्ला स्वास्थ्य कार्यलय बाजुराले स्वास्थ्यका क्षेत्रमा भनेर बर्षौनी करोडौ बजेट खर्च गरेको पाईन्छ । तर यि हलिया महिलाहरुको समस्याका बारेमा भने केही नगरेको पाईएको छ । गरिब, आर्थिक अबस्था कमजोर भएका लागि सरकारले उपचार सहयोग गर्ने प्राबधान भएपनि यिनिहरुका लागि कागलाई बेल पाक्यो, हर्ष न विर्ष भएको जिल्ला स्वास्थ्य कार्यलयका सिनेर अहेक दिपक शाहले वताएका छन् । हलिया महिलाहरु आर्थिकमा मात्र नभई उनिहरु शिक्षामा समेत निकै पछाडी रहेका छन् । आफ्ना समस्याका बारेमा र आफ्नो अधिकारको बारेमा पहल पैरवी गर्न समेत नसक्ने भएकाले पनि उनिहरुले यो समस्या झेल्दै आएका छन् ।
मुक्त हलिया महिलाहरुमा बिभिन्न रोगहरुले ग्रसित हुने गरेको स्वास्थ्यकर्मि वताउने गरेका छन् । बच्चा पाउने समयमा आराम र पोषिले खाने कुरा समेत खान नपाउने भएकाले पनि थप समस्यामा पर्ने गरेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रकी अनमि चन्द्रा दानीले वताईन् । सामान्य छाक्क टार्न धौ, धौ हुन्छ पोषिलो खानेकुरा त धेरै टाढाको बिषय रहेको दानिले वताईन् । उपचारमा आउने धेरै महिलाहरुको स्वास्थ्य अबस्था निकै कमजोर हुने गरेको स्वास्थ्यकर्मीले वताएका छन् । प्राय ति महिलाहरु पाठेघर घस्ने तल्लो पेट दुख्ने लगायतका समस्याहरु देखा पर्ने गरेका छन् । अर्को तिर चेतना अभाबले बढि बच्चा जन्माउने चाँडो जन्मान्तरले पनि समस्या भएको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार