बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमाले बाजुराले टुङ्यायो नौ वटै स्थानीय तहका उम्मेदवार (नाम सहित)

एमाले बाजुराले टुङ्यायो नौ वटै स्थानीय तहका उम्मेदवार (नाम सहित)

  • आइतवार, बैशाख ११, २०७९
एमाले बाजुराले टुङ्यायो नौ वटै स्थानीय तहका उम्मेदवार (नाम सहित)

नेकपा एमाले बाजुराले नौ ओटै स्थानीय तहका प्रमुख उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको नाम टुङ्याएको छ । एमाले बाजुराले बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिकामा पुरानै उम्मेदवारहरुलाई नै पुन दोहोर्याएको छ । त्यसै गरी हिमाली गाउँपालिकामा अध्यक्ष अज बहादुर मल्ल, बुढिनन्दामा प्रमुख जनक बोहरा र जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाही पनी पुरानै उम्मेदवारको रुपमा सिफारीस गरेको छ । नेकपा एमाले बाजुराको ९ वटै स्थानीय तहको प्रमुख र उप-प्रमुखको उम्मेदवारीको टुंगो लागेको छ ।

आसन्न स्थानीय तहको निर्वाचन आउन करिव १९ दिन बाकी रहदा नेकपा एमालेले बाजुराले पालिका प्रमुख र उप-प्रमुख टुंगो लगाएको नेकपा एमाले जिल्ला कमिटी बाजुराले जनाएको छ ।
नाम सहित
१)जगन्नाथ गाउपालिका
अध्यक्ष :काली बहादुर शाही
उपाध्यक्ष: मरुकला बिष्ट
२) गौमुल गाउपालिका
अध्यक्ष: हरि बहादुर रोकाया
उपाध्यक्ष: सीता थापा
३) हिमाली गाउँपालिका
अध्यक्ष :अज बहादुर मल्ल
उपाध्यक्ष: राजकला सार्की
४) स्वामिकार्तिक गाउपालिका
अध्यक्ष:चतुरभुज शाही
उपाध्यक्ष: सुलोचना भण्डारी बुढा
५)खप्तड छेडेदह गाउपालिका
अध्यक्ष: दिल बहादुर रावत
उपाध्यक्ष:मन देबि ओलि
६)बुढिनन्दा नगरपालिका
नगर प्रमुखःजनक कुमार बोहरा
उपप्रमुखः मनु रोकाया बि सि
७) बडिमालिका नगरपालिका
प्रमुखः अमर खड्का
उपप्रमुखः नन्दा थापा
८) बुढिगङ्गा नगरपालिका
प्रमुख ः राम बहादुर बानिया
उपप्रमुखः माया कुवर
९) त्रिबेणि नगरपालिका
प्रमुखः मोतिसिह बुढा
उपप्रमुखःपार्वती देबि बिष्ट

चर्चामा

सम्बन्धित समाचार