बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • जनप्रतिनिधी बन्ने दाउँमा बाजुराका ५ जना शिक्षकले दिए राजिनामा

जनप्रतिनिधी बन्ने दाउँमा बाजुराका ५ जना शिक्षकले दिए राजिनामा

  • शनिबार, चैत्र २६, २०७८
जनप्रतिनिधी बन्ने दाउँमा बाजुराका ५ जना शिक्षकले दिए राजिनामा

बाजुरा — सरकारले स्थानिय तहको निर्बाचन २०७९ तोके संगै बाजुरामा पनि रौनक बढेको छ । स्थनिय तहको निर्बाचनमा जनप्रतिनिधी बन्न पनि तछाड मछाड नै चलिरहेका बेला जिल्लाका बिभिन्न बिद्ययालयमा कार्यरत ५ जना शिक्षकहरुले राजीनामा दिएका छन ।
जिल्ला शिक्षा समन्वय ईकाई बाजुराका अनुसार २३ गते सम्मको तथ्याङ्कअनुसार ५ जनाले राजिनामा पेश गरेको जनाएको छ । इकाईका अनुसार राजिनामा र अवकाश त धेरै जनाको भए पनि स्थानीय तहको निर्बाचनकै लागि भनेर ५ जना शिक्षकहरुले राजिनामा दिएको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले बडिमालिका खवरलाई बताएका छन ।
जिल्लाको हिमाली गाउँपालिकाको बडिमालिका माबि धिमका माबि शिक्षक बिष्णुलाल पाण्डे, सोही गाउँपालिकाको भवानी माबिका प्राबि शिक्षक दल बहादुर मल्ल, बुढिनन्दा नगरपालिकाको नन्देश्वरी माध्यामिक बिध्यालयका प्राबि तहका शिक्षक गजेन्द्र बहादुर शाही, त्रिबेणी नगरपालिकाको पार्बती माबिका शिक्षक कणर् बहादुर थापा र खप्तड छेडेदह गाउँपालिकाको मष्टेस्वरी माबिका प्राबि शिक्षक खड्क बहादुर बुढाले राजिनामा पेश गरेको जिल्ला शिक्षा समन्वय ईकाई बाजुराले जनाएको छ ।

पाँचै जनाले पेशा छोड्ने मञ्जुरी सहीत लिखित रुपमा राजीनामा दिएको जिल्ला शिक्षा विकास समन्वय ईकाई बाजुराले जनाएको छ । राजीनामा दिने मध्ये चार जना नेपाल शिक्षक संघ र १ जना गजेन्द्र बहादुर शाही नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध छन् । शिक्षक महासंघ बाजुराका पूर्व सचिव शाही आधारभूत तहमा कार्यरत शिक्षक हुन् । भने नेपाल शिक्षक संघमा आवद्ध शिक्षक विष्णुलाल पाण्डे श्रोत व्यक्ति समेत भएर कार्यरत मावि तहका शिक्षक हुन् । राजीनामा दिने कर्णबहादुर थापा लामो समय नेपाल शिक्षक संघको जिल्ला नेतृत्व सम्हालेर शिक्षक महासंघको केन्द्रीय सदस्य समेत भएर काम गरिसकेका छन् । दलबहादुर मल्ल र खडक बहादुर बुढाले पनि शिक्षक संघको राजनीतिमा लामो समय बिताएका छन् ।

हिमाली, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा नेपाली काँग्रेसको सहज जित हुने दाबी सहीत टिकट लिनकै लागि पदबाट राजीनामा दिएको अनुमान गरिएको छ । राजीनामा दिएका मध्ये विष्णुलाल पाण्डे र दलबहादुर मल्लले हिमाली गाउँपालिकाको अध्यक्षमा दाबी गरेका छन् । भने कर्णबहादुर थापाले त्रिवेणी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । यस्तै खडकबहादुर बुढाले खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका छन् । गजेन्द्र बहादुर शाहीले बुढीनन्दा नगरपालिकाको नगर प्रमुखमा घोषणा नगरेपनि आकांक्षा राख्न सक्ने अनुमान गरिएको छ ।

जिल्लामा पछिल्लो समय जनप्रतिनिधीमा कसालाई टिकट दिने भन्ने बिषयमा कोठे छलफलमा राजनितक दलहरु जुटिरहेका छन् । यता लामो समयदेखी राजनितीमा सक्रीय रुपमा लागेकाहरु आफुृहरुले टिकट पाउनु पर्ने माग गर्दै आएका छन भने यता शिक्षक पेशमा लागेर एकै पटक राजनितमा लागेकाहरु दोहोरा फाईदा पाउने संका जनप्रतिनधी बन्ने आकाङ्क्षीहरुको भनाई रहेको छ ।
बिभिन्न पार्टीमा शिक्षक पेशाबाट राजीनामा दिएर राजनितीमा लागेहरुका लागि यो समयमा टिकट लिनु हड्डी निल्नु भएको राजनितिक दलका माथिल्लो तहका नेताहरुको भनाई रहेको छ । लामो समय देखी राजनिती गर्दै आएकाहरुलाई लत्याएर अहिले राजनीतिमा आउदैमा टिकटको सुनिश्चतता नभएको नेपाली काग्रेँसका एक नेताले बताए लामो समय देखी राजनितमा हुमीएकाहरुलाई कुन ठाउँमा अवसर दिने भन्ने बिषयमा पार्टीले सोच्नुपर्ने देखीएको छ नभए पार्टी भित्रै हार ब्यहोर्नुपर्ने कार्यक्रताहरुको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार