सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा स्थानीय तह निर्वाचनका लागि १४ वटा दल दर्ता

बाजुरामा स्थानीय तह निर्वाचनका लागि १४ वटा दल दर्ता

१७ हजार बढी मतदाता थपीए

  • शुक्रबार, चैत्र १८, २०७८
बाजुरामा स्थानीय तह निर्वाचनका लागि १४ वटा दल दर्ता

बाजुरा  — आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन २०७९ का लागि बाजुरा जिल्लामा १४ ओटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त ५ ओटा र मान्यता प्राप्त नभएका साना ९ गरी १४ वटा दलले निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नवराज अबस्थीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेकपा कम्यूनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले साना ९ दलले चुनाव चिह्नका लागि विवरण बुझाएका छन् ।
कार्यालय प्रमुख अबस्थीले दिएको जानकारी अनुसार जनजागरण पार्टी नेपाल, सामाजिक एकता पार्टी, नेपाल कम्युनिष्ट पार्टी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पाटी, नेपाली काँग्रेश बिपी, जनसमाजवादी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी, र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च, गरी ९ ओटा पार्टीले दल दर्ता गराएको अबस्थीले बताएका छन ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ०७८ चैत ४ गते देखि चैत ६ गतेसम्म निर्वाचन चिन्हका लागि दल अध्यावधिक गर्ने समय तोकिएको थियो । नेपालको संविधानले भाग २४, धारा २४५ मा निर्वाचन आयोगलाई संवैधानिक निकायका रूपमा व्यवस्था गरेको छ ।

१७ हजार बढी मतदाता थपीए

निर्वाचन आयोगले १८ वर्ष पुरा भएका प्रत्येक नागरिकलाई बालिग मताधिकारको अधिकार प्रदान गरेको छ । निर्वाचन आयोगले बालिग मताधिकारलाई नागरिक अधिकार भनि परिभाषित गरेको छ ।
०७८ माघ २४ गते मन्त्रीपरिषद् बैठकबाट ०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरिएको छ । स्थानीय तह निर्वाचन ०७९ का लागि जिल्लामा ४० हजार ५ सय ३७ महिला, ४२ हजार १ सय ५१ पूरुष र २ जना अन्य गरी ८२ हजार ६ सय ९० मतदाता रहेको निर्वाचन आयोग नेपालले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उल्लेख छ । त्यसैगरी जिल्ला भरि ७० ओटा मतदान स्थल र १ सय १२ मतदान केन्द्र कायम गरिएको छ ।
जिल्लाको गौमुल गाउँपालिकामा ३ हजार १ सय ५० जना पुरुष र २ हजार ९ सय ४१ महिला गरि ६ हजार ४६ जना मतदाता रहेका छन् । गौमुल गाउँपालिकामा ६ ओटा मतदान स्थल र ८ ओटा मतदान केन्द्र तोकिएको छ ।
खप्तड छेडेदह गाउँपालिकामा ६ हजार २७ जना पुरुष र ५ हजार ८ सय ६८ जना महिला गरि ११ हजार ८ सय ९५ जना मतदाता रहेका छन् भने ७ ओटा मतदान स्थल र १५ ओटा मतदान केन्द्र तोकिएको छ ।
त्रिबेणी नगरपालिकामा ५ हजार ६ सय ६० जना पुरुष र ८ हजार ८ सय ५१ महिला गरि ११ हजार ५ सय ११ जना मतदाता रहेका छन् भने ९ ओटा मतदान स्थल र १६ ओटा मतदान केन्द्र तोकिएको छ ।
जगन्नाथ गाउँपालिकामा २ हजार ८ सय ६५ जना पुरुष र २ हजार ६ सय १२ जना महिला गरि ५ हजार ४ सय ७७ जना मतदाता रहेका छन्, भने ६ ओटा मतदान स्थल र ७ ओटा मतदान केन्द्र तोकिएको छ ।
बडिमालिका नगरपालिकामा ४ हजार ८ सय ९९ जना पुरुष, ४ हजार ८ सय ३५ जना महिला र १ जना अन्य गरि कुल ९ हजार ७ सय ३५ जना मतदाता रहेका छन् । ९ ओटा मतदान स्थल र १४ ओटा मतदान केन्द्र तोकिएको छ ।
बुढीगंगा नगरपालिकामा ६ हजार ६ सय ९९ जना पुरुष र ६ हजार ९ सय ५६ जना गरि १३ हजार ६ सय ५६ कुल मतदाता रहेका छन्, भने १० मतदान स्थल र १९ ओटा मतदान केन्द्र तोकिएको छ ।
बुढीनन्दा नगरपालिकामा ५ हजार ६ सय ७० जना पुरुष र ५ हजार २ सय २ जना महिला गरि १० हजार ८ सय ७२ जना मतदाता रहेका छन् भने १० ओटा मतदान स्थल र १४ ओटा मतदान केन्द्र तोकिएको छ ।
स्वामीकार्तिक खापर गाउँपालिकामा ४ हजार ५ जना पुरुष र ३ हजार ४ सय २२ महिला गरि कुल ७ हजार ४ सय २६ जना मतदाता रहेका छन् भने ५ ओटा मतदान स्थल र ९ ओटा मतदान केन्द्र तोकिएका छन् ।
हिमाली गाउपालिकामा ३ हजार २ सय २१ जना पुरुष र २ हजार ८ सय ५० जना महिला गरि ६ हजार ७१ जना कुल मतदाता रहेका छन् भने ८ ओटा मतदान स्थल र १० ओटा मतदान केन्द्र तोकिएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा दार्चुला जिल्ला भरिका ९ वटै स्थानीय तहहरुमा ३२ हजार ५ सय २१ पुरुष, ३२ हजार ७ सय २७ जना महिला र १ जना अन्य गरी कुल ६४ हजार ९ सय ५० जना मतदाता रहेका थिए । पाँच वर्षमा बाजुरामा १७ हजार ७ सय ४० जना मतदाता थपिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार