शुक्रबार, जेष्ठ ४, २०८१

गजल

  • शुक्रबार, चैत्र १८, २०७८
गजल

बिछाउँना धर्ती अनि ओढा आकाश भयो,
गरिबलाई यो जिन्दगी सधै उपहाश भयो।

सुःखको खोजिमा गयौं देश छाडी बिदेश,
झन पछि झन दुःख्खै दुःखको राश भयो।

शंघर्ष गरी गणतन्त्र ल्यायौं देशभित्र हामी,
जुन सरकार आएपनि छिमेको दाश भयो।

बा आमाले निमेकगरी छोरा पढाए हुर्काए,
अर्कैको लागी लड्दा काखमा लाश भयो।

अंझै कति भोग्नु पर्ला खान र लगाउँन मा,
गरिब को मार्मिक कथा बास र गाश भयो।

छोरा छोरीको सुःख सुबिधाको सपना देखें
यिनै दुई आंखाहरू ले त्यो पनि नाश भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार