बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

  • सोमवार, फाल्गुन ३०, २०७८
पाँच वर्षदेखि फरार बलात्कार आरोपित पक्राउ

बाजुरा — जिल्ला प्रहरी कार्यालय बाजुराले पाँच वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका- ५ तल्लो काप्री बस्ने ३२ वर्षीया नेत्र शाही(नवराज)  रहेका छन । एक महिला माथि राति सुतेको अवस्थामा बलात्कार गरी फरार रहेको पाँच वर्षपछि जगन्नाथ गाउँपालिकाको गाउँमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले पक्राउ गरेको हो ।

एकल महिला छोराछोरी सहित सुतेको मौका छोपी जवरजस्ती बलात्कार गरेको प्रमाण सहित मुद्धा चलाइएको थियो । पक्राउ परेका अभियुक्त शाहीलाई जिल्ला अदालत बाजुराले दुई वर्ष ६ महिनाको कैद सजायको फैसला सुनाएको थियो । फरार अभियुक्त खोजतलास गर्ने क्रममा जगन्नाथ गाउँपालिकाको गाउँमा लेकिछिपी बसेको अवस्थामा पक्राउ गरि जिल्ला अदालत बाजुरामा उपस्थित गराई जिल्ला कारागार बाजुरामा जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

अभियुक्त शाहीलाई प्रहरीले खोजतलास गर्दा सोही गाउँपालिकाकै इलाकामा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझाले बताएका छन् ।

उनका अनुसार अभियुक्त शाहीलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाजुरामा पेश पश्चात कैद भुक्तानको लागि जिल्ला कारागारमा चलान गरिएको छ । अभियुक्त शाहीलाई मिति २०७७ मंसिर ३० गतेको सम्मानित उच्च अदालत दिपायलले २ वर्ष ६ महिना कैद ठहर गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार