मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लाहुरेको बैनी-लघुकथा!

लाहुरेको बैनी-लघुकथा!

  • सोमवार, फाल्गुन २३, २०७८
लाहुरेको बैनी-लघुकथा!

सुरेशकुमार पान्डे — प्रचण्ड गर्मिले गर्दा सडकमा तारकोल पग्लिएर चप्पलमा चपकिन्थ्यो।सडकमा खासै चहल पहल थिएन गर्मिले गर्दा उस्तै तातो बालुवा उडेर भुमरी मार्थ्यो।
आज बिहानै देखुन क्वाटरबाट निस्किएको लाहूरे अंझै फर्किएको थिएन।घरमा बेलुका खाने खर्च पनि थिएन,मट्टिको तेल पनि थिएन अहिले त बहिनीले रोटी पकाएर भाउजुलाई र दाज्जुलाई खान दिइन आफुलेपनि खाइन तर लाहुरे माइलो भने अंझै फर्किएको थिएन।घरमा चारजना मध्य तिनजना त बिमारनै थिए बैनीलाई भने सामन्य रुघा खोकी लागेको थियो।लाहुरे माइलाले आफु संग पैसा नभएकोले कतै उधारा पैसा खोज्न हिंडेका थिए क्वटर बाट तर बैनिलाई भने मट्टिको तेल लिनजान्छु भनेर बिहानै निस्किएका लाहुरे माइला।अहिले दिउसो तिर रित्तै फर्कियो त्यो आफै पनि पेटको तल नाइटोको नजिकै ठुलो पिलो भएर केही दिनबाट काम गर्न पनि गएकोथिएन उस्लाई जरो आउला जस्तो थियो।
आज बल्लबल्ल उठेर कसैको घरमा रिन सापट खोज्न गएको थियो।तर अरूलाई तेल खोज्न जान्छु भनेर हिंडेको अहिले रित्तै आएको थियो।
एकातिर पिलोको दुखाईले जोरो पनि आउला जस्तो थियो।आर्को तिर रिन सापट न पाएपछि त्यो मलिनो अनुहारलिएर लाहुरे माइलो क्वटरमा फर्कियो।आफ्नो दाजु घाम बाट आएको देखेर बैनाले पानीको गिलास टकार्छिन।अलिवेर लाहुरे माइलाले आफ्नो क्वाटरमा बिमारी परेका भाइ र आफ्नो श्रिमतीलाई नियाल्छ अनि क्वाटर तिर नजर घुमाउँछ र गहिरो स्वासलिन्छ नजिकै बसेकी बैनीले केभयो मट्टिको तेल पाइएन?भनेर सोध्छिन!पाइएन भन्दै टाउकोले इसारा गर्छ।बैनिले पकाएर राखेको खाना दिन्छिन।तिमिहरूले खायौ?लाहुरे माइलोले सोध्छ!हजूर दादा हामिसबैले खाइम भन्छिन चारपाइमा सानो भाइ सुतेको थियो नजिकै भुंइमा श्रिमती पल्टिएकि थिइन।उन्लाई चर्को जरो आएको थियो।
लाहुरे माइलो नबोली नबोली रोटी खायो र कतै हराएको झैं चुपचाप बसेको थियो उस्को नजर एककोहोरो भित्ता तिर टिकेको थियो।कस्तो घरमा सबै बिमार भयौं अहिले सिजननै रैछ बिमारीको!उस्ले मनैमनमा भन्छ।
के सोंच्नुभयो दादा?बैनिले सोध्छिन।बैनिको आवाजले लाहुरे माइलाको भित्तोबाट ध्यायन हटेर बैनाको अनुहार तिर पुग्छ,अनि गहिरो स्वास फेर्दै! केही होइन के भनौ तिमिलाई भनेर समाधान हुँनेपनि त छैन।बैनाले भर्खर चार क्लासमा पढ्दै थिइन उनि सानि भएपनि अलिधेरै चलाख र समझ्दार पनि थिइन।
केथा दादा हुनपनि सक्छ भन्दै भित्र राखेको एउटा माटाको गुल्क ल्याएर दादाको अगाडी टकारीन।उनले दादाको समस्यालाई अनुहारमा पढिसकेको जस्तो लाग्यो!तरपनि त्यो वेला नपताई नपताई लाहुरे माइलाले त्यो गुल्क हातमा लिएर भयो न फोरम यो गुल्लकमा कती पैसाहोला?भन्दै राख्न लगायो।बिचरी बालख यो भित्र दुई चार रूपियाहोला भनठानेर उस्लाई फिर्ता दिएको थियो।
लाहुरे माइलाको अनुहारलाई पढ्दा अलि उदाश भाव झल्किनथ्यो।बैनिले दादाको अनुहारलाई नियालेर गुल्क भुंइमा ठोकेर फोरीन त्यसपछिको अबस्था भिन्दै थियो आखिर यति धेरै पैसा केहि दिन पहिले त यो माटाको गुल्लक पच्चिस पैसा खर्चेर ल्याएको हो अनि यती धेरै पैसा कसोगरी जम्मा भयो?लाहुरे माइला अचम्मै परे।सांच्चै भन्दा अहिले लाहुरे माईलाको धेरै ठुलो समस्य हलभएको थियो।
त्यो गुल्लकमा त्यो वेला ३५रुपिंया निक्लेको थियो।लाहुरेकी बैनिले स्कुल जांदा दिएको पकेट खर्च पिच्चिस पैसा खर्च नगरेर त्यो गुल्लकमा रख्दिरैछन।आखिर त्यति सानु बालाखमा यिति ठुलो दिमाख रैछ भन्ने कुरा अहिले लाहुरे माइलालाई अनुभव भयो।
त्यो सापट कतैबाट नपाएको अबस्थामा लाहुरेको बैनाको समज्दारीले गर्दा ठुलो समस्य हलभएको थियो।
लाहुरे माइलो आवेशमा आएर भावभुक हुन्छ आंखा टिलपिल गराउँदै उठेर समान लिन जान्छ त्यसवेलाको पैंतिस रूपियाको यो सहयोगले त्यो घरमा स्टोप बाल्ने मट्टिको तेल अनि दश केजी गहुंको पिठो र औषधीको बिल समेत त्यही रकम बाट चुक्ता गरिएको थियो।
प्रवाशमा बसेर पनि बैनिले दाजुको एसरी यति ठुलो सहयोग गरेकोले लाहुरे माइला अत्यान्तै भाबुक हन पुगे।
बैनीको यो ब्यबहारले धेरै शिक्षा दियो आफुलाई खान दिएको त्यो पच्चिस पैसा र समान ल्याउँदा बचेका दश बिस पैसा खर्च नगरेर जम्मा गरेकी त्यो बालिकाले अहिले त्यो ठुलो संकटमा काम आयो।यदी खर्चगरेको भए त त्यो जाबो दश बिस पैसा लमचुस खाएर सिद्धिनथ्यो लाहुरे माइलाले त्यही सोंचेर आफुले एउटा आरडी खाता डांकखानामा खोल्ने निधो गर्छ।यति बुद्धी पहिलेनै लाहुरे माइलामा आउँथ्यो भने आज यो अबस्था झेल्नु पर्दैन थ्यो।आर्काको देशमा आफु सँग दामछैन भने सानो रोगलेपनि अकलामै मरिन्छ।अहिले बल्ल लाहुरे माइलाको मष्तिकमा केही बचत गर्नुपर्नेरैछ भन्ने कुरा आयो।

चर्चामा

सम्बन्धित समाचार