मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • कला /साहित्य
  • लघुकथा-झड्केली छोरी!

लघुकथा-झड्केली छोरी!

  • बुधबार, माघ ५, २०७८
लघुकथा-झड्केली छोरी!

सुरेशकुमार पान्डे —रातिको एक बजे दिल्लि बाट पंजाब तिर जाने एउटा जनता एक्सेप्रेस आउँछ।स्टेसन मास्टर गाडिलाई हरियो झण्डा देखाए पछि गाडिले गुड्ने संकेतमा होरन बजाउँछ पहिलो होरन बजेपछि स्टेसन माष्टरले लाईट बालेर हिंड्नलाई लाईन क्लियर भएको (संकेत) ईसारा गर्छ।तर
उस्ले त्यो लाईटको रोसनिमा एउटा जोगिले कुनै महिलालाई तानेर त्यो गाडिमा बसाल्न खोजेको देख्छ!कोछ त्यँहा?भन्दै स्टेसन मास्टर दौड्दै त्येता जांदा त्यो जोगिको भेशमा महिलालाई लतार्ने त्यो कथित झोलाछाप बाबा अंध्यारोको फाईदा उठाएर त्यँहा बाट भागिसकेको हुन्छ।टार्च बालेर हेर्दा त्यो कपाल गुजुर्ङ्ग पारेकी बुढी जस्तै एउटि महिंला क्वाप परेर स्टेसन मास्टर तिर हेर्छे।
स्टेसन मास्टरले त्यो महिलालाई आफिसमा लग्छन र त्यँहा सोध पुच्छ हुन्छ तर त्यो महिलाले केहि पनि भन्न सक्दैन।
हुन सक्छ यो मुख नबोल्ने लाटी पो छ कि भन्ठानेर चिया र बिस्कुट दिन्छन तर उस्ले खांदैन।रातिको लगभग दुई बजिसकेको थियो।
कुनै उपाए नलागेपछि स्टेसन मास्टरले एउटा मानवताको नाताले उस्लाई मानव समाजको कार्यलयमा समप्रक गरि अलपत्रपरेकी महिलाको उद्धार गर्न अनुरोध गर्छन।मानव सेवा संगमका कर्मिले उस्लाई लिएर संगमहो स्पिटलमा
पुराउँछन सामन्य उपचार गरेर अलि दिन पछि त्यँहाबाट लंगर (धर्मशाला जस्तो ठाउँ)मा पुराउँछन।केहि दिन उस्का आफन्तिको खोज तलास गर्ने फेला नपरे महिलाआश्रममा पठाउँने उनिहरूको योजना हुन्छ।त्यो लंगर लाग्दा खाना खुवाउन वा रोटी पकाउन भनेर
त्यंहा सेवा गर्न आएका कतिपय नेपाली महिलाहरूलाई यो महिला नेपाली हो भन्ने संका लाग्छ।त्यो बेलासम्म केहि नखाने औषधीको भरमा बांचेकी त्यो महिला यसो हेर्दा अर्ध चेतना भयको जस्ति देखिन्छिन।उमेर थोरै भएपनि छाला चाउरी परेर त्यो बुढी महिला जस्तै देखिन्थि।
त्यंहा काम गर्ने नेपिली महिलाहरूले मलाई समप्रक गर्छन हाम्रो समाज भित्र केहि समाजसेवक महिलाहरू थिए उनिहरू त्यो ठाउँमा कहिले कसो सेवा गर्न जांदा संका लागेर उनिहरूले त्यो महिलाको बारेमा बताए।
अनि हामिले ढिलो नगरी त्यो धर्मशालामा मानिसहरू पठायौं तर त्यो त्यँहा भेटिएन उ बिमार परीछे केहि नखाएपछि फेरी त्यसलाई अस्पत्तालमा पठाएका रैछन।
तिहारको बेला थियो हामि अस्पत्ताल पुग्यौं र त्यो अस्पत्तालबाट केहिदिन हामिले लग्छौं केहि बोलिहाल्छेकी भनेर कुरा राख्दा उनिहरू खुसि भए मलाई उनिहरूले राम्रैगरी चिनेकाथिए।हामिले उस्लाई ल्याएर मेरै घरमा राख्यो त्यो बेलामा मेरो एउटा खुट्टा फेक्चर थियो तैपनि जसरी तसरी त्यो महिला लाई हेल्प गर्ने बिचार जाग्यो।
हामिहरूले निरन्तर सामाजिक काम गर्ने भयकोले हामि सामजसेवकको रूपमा त्यो ठाउँमा परिचित थ्यौं।
मैले काम गर्ने सहर त्यो बेला एउटा सानु सहर थियो तर पनि त्यो पंजाब र हरियाणाको सिमाना पर्ने भएकोले यँहा अधिकांस घटनाहरूको कमपलैण्ड आउँने गर्थ्यो। त्यंहाको बोलि पनि हरियाणा र पंजाबको मिश्रृत हुन्थ्यो।त्यंहा परायजसो पहिले पाकिस्तानको मुल्तान बाट आएका मुल्तानि पञ्जाबी हरू प्रसस्तै थिए साथै आर्को जाति राय सिख भन्नेहरूको पनि त्यो तसिल भित्रपर्ने कुनै कुनै गाउँमा बहुल्यनै थियो।उनिहरू देख्दा सरदारजस्ता हुन्थे तर तिनि सरदार भने होईनन्।
हामिले यंहा सन१९८८मा संगठनको पुनर्गठन गरेका थियौ यंहा संगठन पहिलो पल्ट सन १९८४मा गठन पछि तुरून्तै बिघटन भएको रैछ।म यो सहरमा आएको त सन१९८६मै हो तर यँहा बाट बिस कि.मि एउटा गाउँमा डिप्टी लाग्यो जब मलाई थाहा भयो यो ठाउँमा नेपाली श्रमजीवीहरू प्रसस्तैछन भन्ने म यो सहरमा डेरा लिएर बस्न थालेको थिएं।डिप्टी टाडा भएको हुनाले नेपालीहरू सँग भेटघाट मौका संञ्जोगमा मात्र हुनेगर्थ्यो।तर पनि
यंहा बसेपछि थुप्रैसाथिहरू संग त भेट घाट हुनथाल्यो तर नेपाली त्यो बेला त्यंहा जुवा तास,सट्टा फिलम जस्ता ब्यबहारका आदि थिए समाज संगठनको चासो थिएन।जो यंहा बसोबास गरेका नेपालीहरू हुन उनिहरूले बरू नेपाली समाज हुनैपर्छ भन्थे तर जेसुकै गरेपनि नेपालीहरूको एकता हुनुपर्छ भन्ने गर्थे।
उनिहरूको भनाई पुर्व पञ्चेहरूको जस्तो हामिले जेसुकै गरेपनि नेपाली समाज भित्र गर्ने तास रक्सि आदी उनिहरूको लागि एकप्रकारको सान र शोकनै थियो।
अनुसाशनका कुरा भन्दा छाडा बिचारमा लिन भएका ब्याक्तिहरूको जमघट भयो।तर अनुसासित संगठन हुन धेरैसमय लाग्यो सन १९८८मा पुनर्गठन पछि पनि धेरैसम्म संगठनभित्रै उनिहरू मनपरि गर्न पाउँनुपर्छ भन्नेमा अडेका थिए।प्रथम सम्मेलन पछि हामिले संगठनलाई एकता समाजको बिधान अनूसार चलाउलने प्रयात्न गरेका थियौं।
यो ठाउँमा त्यो भन्दा पहिले एकता समाजका मान्छे लाई पिट्न गुण्डाहरू बनेका छाडा मान्छेहरूको झुण्डनै आउँथ्यो।जबहामिले समाजमा थुप्रै मुद्धामामिलाहरू मिलाउंदै गयौं उनिहरू हाम्रो नजिक हुदै आएका हुन।अहिले हाम्रो संगठन यो ठाउँमा राम्रो थियो यस्ता धेरै मुद्धा मामिलाहरू हराएका खोजेर स्वदेश पठाउँने र बन्दक बनाएर कजाएकाहरू समेतलाई मालिकहरू बाट मुक्त गराएका र पुनिया बलत्कारको खटनाको दोशिलाईलाई छोपेर झेलमा कोचेपछि र झिना मसिना स्थानिय कामले संगठन सबैको बिस्वासिलो बनेको थियो।
अब यो ठाउँका स्तानिय नेपाली मात्रै होईन स्थानिय लोकल बासिन्दाहरू समेतलाई संगठनको उत्तिकै बिस्वास थियो।हामिले सम्मेलनका चन्दा धेरैजसो लोकल दोकानदारहरू संग काट्थ्यो उनिहरू आफैले तिमिहरूको सम्मेलन आयोभने कुनै सहयोग चाहियो भने हामिसँग भन्नु समेत भनेर होशला दिनेगर्थे।
अहिले यो महिला हाम्रो घरमा पठाउँदा उनिहरू हर्षित थिए।तर यो एउटी करिब सोह्र बर्षकी केटी आएपछि हाम्रो घरमा जटिल समस्या उतपन्न हुन थाल्यो त्यो जटिल समस्या के भने उस्ले ठेकाना नभन्ने,बिस्तरामै दिसा र पिसाब गर्ने भएपछि उस्को स्यार सुसारमा एकजना खटिन पय्रो।अरूपनि हाम्रै घरमा ससाना बाल बालिका त थिएनै त्यसमाथि मेरो आफ्नो खुट्टा पलस्तर चडाएर हिंड्न बैसाखिको भरमा गर्थें।
यो अर्ध पागल अबस्था कि केटीलाई कसैले महिला आश्रम पठाम भन्न थाले।कयौं नेताहरूले तैंले ठिक गरेनस भन्न पछि परेनन् हाम्रै भित्रका साथिहरूले आफु हिरो बन्नलाई कताबाट उठाएर ल्यायो पनि भने।
त्यो बेला एस्तो अबस्था सिर्जना भयो म एक्ला पर्न थालेको मलाई आभाश भयो।
हामिले हरेस खाएनौं उस्लाई पटक पटक सोध्ने अनि उस्ले सुतेको बेलामा बरबर्राएर बोलेका कुराहरूलाई कापिमा लेखेर दुईटा कापी भरियो।
अब त्यो डुईटा कापिको टिप्णि जो धेरै पल्ट उस्को मुखबाट आएको थियो त्यसलाई अलग अलग गरेर लेख्दा यसप्रकारको बन्यो।
उस्को नाम कालि,उस्को बाको नाम गोपाल,र आमाको नाम भिम कुमारी,सहित एउटा सुर्खेतमा भएको गाउँको नाउ तैंयार पारीयो।
उस्को दिमाख समबन्धि उपचार गर्नेवाला डाक्टर संग उपचार गराउँन थाल्यौं।डाक्टरले उस्लाई हेरेको फिस लगेन तर औषधी भने अलि महंगा हुन्थे।
दिन बित्दै गए त्यो बेला पानी समेत नपिउँने त्यो केटीले चार पांचवटा पराम्ठा खान थालि।त्यो मोट्टींदै गई।
अब कसैले लिएर भाग्छ कि भन्ने अर्को डर हुन थाल्यो।उस्को जो ठेकाना र थर नाम मैले तैयार पारेको थिएं त्यहि ठिक भएछ।
त्यो आमाको दुद पछि आएकी बाउकी झड्केली छोरी रैछ,उस्लाई उस्को दिदि पर्ने भागेपछि बाउले सानैमा भिनाजु संग बिहे गराएका रैछन।उस्को टाउकोमा पुराना गहिरा खाटाहरू देख्दा हामिले साहिद कतै ईक्सेडण्ट भयको हो वा माओवादी आन्दोलन ताक कतै गोलि लागेको वा कसैले चाकुले गोबेको भनेर संका गरेका थियौं त्यो घाउ कुनै कारणले उसैको बाउले सानोछंदा कैंचिले गोबेको भन्ने कुरा पछि हामिलाई थाहा भयो।उस्को नाम कमला रैछ त्यो भेनाले १४बर्षमा बिबहा गरेर दिल्लि तिर ल्यायको आफु डिप्टी गएको बेला त्यो क्वाटर बाट निस्केकी रैछ अनि अल्पत्र हुँदै बिभिन्न मान्छेको चुंगुलमा फस्दै भाग्दै दुईबर्ष बिताएकी उस्को अत्यान्तै दुःखले भरिएको कथा हरकसैले सुन्न सक्दैन।
मैले दिल्लिको एउटा जूलूसमा लिएर बैसाखि टेक्दै पुंगे र माईक बाट त्यो बेला हाम्रा आदर्णिय मित्रलाल ज्युले कमलाको बारेमा भनेपछि त्यो बेला सुर्खेत बाट कतिपय केटीहरू हराएका कुराहरू आएपछि।भरत जी त्यंहाको मूल मान्छेको फोन नम्वर मलाई उपलब्द गराउँनु भयो र हाम्रो फुनमा कुरा हुन थाल्यो एस टी डि बाट एक पटक फोन गर्दा एक सए रूपिया भन्दा बढि लाग्थ्यो।
हामिले ठुलो प्रयात्न पछि त्यो गोपाल दमाई लाई फोन समप्रक गर्न सक्यौं तर बोलाउँदा उस्ले अनेक पल्ट कुनैन कुनै बहाना बनाएर आउन मानेन्।हामिले तिन मैना सम्म आफुसंगै राखेर त्यो कमलिको उपचार गरेर एकजना हाम्रा पेसेवर साथि हरिकान्त जी संग त्यो युवितिलाई उस्को आमा बा हुंनि सकुसल पठाएका थियौं।
त्यो बेला त्यो कमलिको दिसा पिसाब साफ गरेर उस्को स्यार सुसार गर्ने श्रीमति देबी पान्डे,नुहाउन र अन्य सहयोग गर्नमा मद्त गर्ने श्रमति मायां थापा र सिंगो टोहानाको नगर समिति।मलाई होशला दिने स्वर्गिय मित्रलाल शर्मा र मित्र चेतनारायण बगाले, त्यसको सह्राना गरेर यो कथाकारलाई शब्द र लेखित सम्मान गर्ने मानव सेवा संगम,मिसन होस्पिटल जो उस्को फिस न लिएर सहयोग गरेका।साथै नगर लगायत का धेरै साथिहरू किराया दिएर हरिकान्त संग स्वदेश पडाउँन मद्त गरेका हिसारका साथिहरू सबैको त्यो बेला महत्वपुर्ण योगदान थियो।यो कथा “कालिको पुनर्जनम”नाम बाट त्यो बेला बिभिन्न पत्रपत्रिकामा छापिएको थियो तर त्यसमा सबैका बेग्लै टेक नाम राखेको थिएं।त्यो आमा पोहिल आउँदा संगै लिएर आएकी एउटी झड्केली छोरीले आफ्नै बा आमाले गरेको गलतिले ठुलो सजाए पाएकी थिईन तर उनि हाम्रो समप्रकमा आएपछि उन्को पुनर्जनम भयको थियो।
कथा समाप्त!

चर्चामा

सम्बन्धित समाचार