बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु

कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु

  • आइतवार, माघ २, २०७८
कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु

बाजुरा–  कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको  स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्याैपानेले   बताएका छन् ।
उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्याैपानेले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको जनाएकाे छ ।  मृतक बुढासंग आएका आफन्त होम आईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ ।
हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार