• होमपेज
  • समाचार
  • ट्याक्टरमा च्यापिएर महोत्तरीमा एकजनाको मृत्यु

ट्याक्टरमा च्यापिएर महोत्तरीमा एकजनाको मृत्यु

  • शनिबार, पुस १७, २०७८
ट्याक्टरमा च्यापिएर महोत्तरीमा एकजनाको मृत्यु

महोत्तरी — टयाक्टरमा च्यापिएर महोत्तरीमा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिका–८ धर्मपुर टोलका २२ वर्षीय शैलेन्द्र सदाको ट्याक्टरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले तिव्र गतिमा रहेको ट्याक्टरमा च्यापिएर सदाको मृत्यु भएको हो । चालकसहित सात जना सवार ट्याक्टर ओभर स्पीडका कारण महोत्तरीको लोहारपट्टी नगरपालिका–४मा आफै अनियन्त्रित भएर सडक छेउमा पल्टेको थियो ।

मृतक सदाको शव जिल्ला अस्पताल जलेश्वटरमा पोष्टमार्टमगरी आफन्तनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चालक महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पसवान घाइते भएका छन् ।

उनको प्रहरीको निगरानीमा उपचार भैइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अन्य व्यक्तिहरु सामान्य उपचार पश्चात घर फर्केको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार