शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • २०२१ लाई समिक्षा गर्दा !!

२०२१ लाई समिक्षा गर्दा !!

  • शनिबार, पुस १७, २०७८
२०२१ लाई समिक्षा गर्दा !!

जनक बि सि ( भारत )

२०२१ मानव र धर्तीमा रहेका प्राणि जगत कै बिषम वर्ष
२०२२ आईरहदा संसारमा सबैलाई बनेकाे छ हर्ष ।

२०२१ मानव प्राणिमा प्रवेश गरि रहदा काेभिड १९ जस्तो घातक राेगकाे बिरुद्ध ठुलो भयाे लडाइँ
याे वायु प्रदुषणमा खराबी आउनुमा साम्राज्यवादिहरु जिम्मेवारी छन भनि भगाई देऊ उनिहरुलाई ।

काेभिड १९ भाईरस बनेर आईरहदा साम्राज्यवादिहरु पनि नतमस्तक बनि रहे
धेरैले जिवन आँहुति दिए राहत बमोजिम आएको करोडौं कराेड बिदेशी राहत बनिरहेको सरकारले खाँई रहे।

सरकार यस्तो सरकार देशमा गणतन्त्र छ संघिय गणतन्त्र हाेईन
१९ दिनकाे महान जनआन्दोलन गणतन्त्र ल्याउन लडेकाे हाे संघिय ल्याउन लडेकाे हुदै हाेईन ।

गणतन्त्र पक्षधरहरु राजनीति रुपमा सबै एक बनि रहदा गणतन्त्र धर्मनिरपेक्ष्यता सुरक्षित हाम्रो माग हाे
गणतन्त्र संस्थागत गराै हामीले दबाव गरि रहदा सखाप गर्ने दिशामा केपि ओलिहरुकाे भाग हाे ।

प्रचन्ड , बैद्य , विप्लवहरु काेहि जनमत संग्रह जनवादी क्रान्ति पुरा भयाे समाजवादीका कुरा
कम्युनिस्ट हामी हाै हल्ला गरेर श्रमजीवी माझ भएका छन ठुला ।

बुझि देऊ हामी संसारमा कम्युनिस्ट पार्टी एउटामात्र हुन्छ
लेलिनवादि सिद्धान्तको ठाेश रुप माओबिचारधारा मात्रै हुन्छ ।

२०२१ लाई समिक्षा गर्दा गर्दा २०२२ बनि रहाेस रास्ट्रियता गणतन्त्र र धर्मनिरपेक्ष्यता बचाउने वर्ष
परिवर्तनको दिशामा सम्पुर्ण प्रतिक्रियाबाद साम्राज्यवाद अवशरवाद फुटपस्तहरु किनारा लाऊ यहीँ हुने छ हर्ष ।

चर्चामा

सम्बन्धित समाचार