शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • भक्तपुरमा नालीमा लडेर वृद्धको मृत्यु

भक्तपुरमा नालीमा लडेर वृद्धको मृत्यु

  • बिहिबार, पुस ८, २०७८
भक्तपुरमा नालीमा लडेर वृद्धको मृत्यु

नालीमा लडेर भक्तपुरमा एक वृद्धको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ४ मा आफ्नै घर अगाडिको नालीमा लडेर ९७ वर्षीय कान्छा श्रेष्ठको मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार श्रेष्ठलाई घाइते अवस्थाका उपचारको लागि काठमाडौंको जोरपाटीस्थित शंखरापुर अस्पताल लगेको थियो । उपचारकै क्रममा बुधबार राति मृत्यु भएको प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ गई अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार