शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • उपनिर्वाचन नहुने सिधै निर्वाचन

उपनिर्वाचन नहुने सिधै निर्वाचन

  • बुधबार, पुस ७, २०७८
उपनिर्वाचन नहुने सिधै निर्वाचन

प्रतिनिधि सभा र प्रदेश सभातर्फ रिक्त रहेको २२ पदको निर्वाचन गर्नेतर्फ सरकार अघि बढेको छ । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदका लागि १२ माघमा उपनिर्वाचन गर्ने तयारी भए पनि प्रतिनिधिसभा र प्रदेश सभातर्फ रिक्त २२ पदको उपनिर्वाचन भने नगरी सिधै निर्वाचन केन्द्रित हुने सरकारको तयारी रहेको हो ।

निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभामा चार र प्रदेश सभामा विभिन्न प्रदेशमा गरी १८ पद रिक्त छन् । उच्च स्रोतका अनुसार सरकारले छोटो समयमात्रै कार्यकाल बाँकी रहने भएका कारण प्रतिनिधिसभा र प्रदेश सभाको उपनिर्वाचन गर्न चाहेको छैन । प्रतिनिधिसभाको निर्वाचन सुरु भएको अवधिलाई आधार मान्दा २०७९ मंसिरसम्म प्रतिनिधि सभाको अवधि छ । यो भनेको अबको ११ महिनामात्र हो । आजको राजधानी दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार