शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • अमेरिकामा ६.२ तीब्रताको भूकम्प

अमेरिकामा ६.२ तीब्रताको भूकम्प

  • मङ्लबार, पुस ६, २०७८
अमेरिकामा ६.२ तीब्रताको भूकम्प

अमेरिकाको क्यालिफोर्नियामा भूकम्पको झट्का महसुस भएको छ । भूकम्पको तीब्रता ६.२ मापन गरिएको छ । अमेरिकी समय अनुसार सोमबार दिउँसो १२ बजे आएको भूकम्पको केन्द्र सान फ्रान्सिस्को शहरबाट उत्तर पश्चिममा करिब ३३७ किलोमिटर टाढा थियो ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सेक्रामेन्टो र सान फ्रान्सिस्को खाडी इलाकाका निवासीले झट्काको सूचना दिएका हुन् । भूकम्पका कारण कोही पनि हताहत भएको जानकारी प्राप्त भएको छ । क्यालिफोर्नियाका एक जनरल स्टोर सञ्चालक जेन डेक्सटरले उनले करिब २० सेकेन्डसम्म झट्का महसुस गरेको जानकारी दिए । झट्का कारण स्टोरको दराजमा राखिएका सिसाका बोतल खसेर फुटेको उनले बताए ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार