शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई सजाय

बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई सजाय

  • मङ्लबार, पुस ६, २०७८
बलात्कार पीडित राउटे युवतीको पहिचान खुलाउने पत्रकारलाई सजाय

काठमाडौँ — जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेख्ने एक पत्रकारलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कार पीडित युवतीको फोटो र नामसहित समाचार प्रकाशित गरेको र प्रतिवादी वकीलहरुका विरुद्ध अनर्गल प्रचार गरेको प्रमाणित भएपछि दाङबाट सञ्चालित राप्तीपश्चिम डटकमका प्रकाशक र सञ्चालक एग्गेबहादुर बुढामगरलाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको हो।

‘संवेदनशील विषयहरुमा समाचारलगायतका सामग्रीहरु प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा नभएको फैसलामा भनिएको छ। करणीजन्य अपराधका सामग्रीहरु गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो,’ न्यायाधीश डा. आचार्यको फैसलामा भनिएको छ, ‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेहरुले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितहरुको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारवाहीको विषय हुन आयो।’

चर्चामा

सम्बन्धित समाचार