शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पुस ९ गते देखी बालबालिकालाई कोरोना बिरुद्धको खोप दिने तयारी

बाजुरामा पुस ९ गते देखी बालबालिकालाई कोरोना बिरुद्धको खोप दिने तयारी

  • शनिबार, पुस ३, २०७८
बाजुरामा पुस ९ गते देखी बालबालिकालाई कोरोना बिरुद्धको खोप दिने तयारी

बाजुरा — बाजुरा जिल्लाका १२ बर्ष देखि १७ बर्ष मूनीका बालबालिकालाई पुस ९ देखी १२ गतेसम्म कोरोना बिरुद्धको मोडर्ना खोप लगाउने भएको छ । खोपको दोस्रो डोज माघ २ देखि १२ गतेसम्म दिइने जिल्ला स्वास्थ्य कार्यालयका कोरोना खोप फाँट अधिकृत्त लेखनाथ न्यौपानेले जानकारी दिएका छन् । सरकारी तथ्यांकअनुसार १२ देखि १७ वर्ष उमेर समूहको बाजुराको संख्या १८ हजार बढी रहेको न्यौपानेले बताए ।
साविकको खोप केन्द्रसँगै विद्यालयमा समेत केन्द्र विस्तार गरेर खोप संचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले तयारी थालेको छ । नेपालसमेत कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’को जोखिम रहेको अवस्थामा बुस्टर डोज लगाउन विज्ञहरूले सुझाव दिइरहेका छन् ।
प्रमुख जिल्ला अधिकारीले पुस १ गते जिल्लाका सबै स्थानिय तह प्रहरी कार्यालय र शिक्षा बिकास समन्वय ईकाईलाई खोप बारे जानकारी तथा तयारीको लागि पत्राचार गरेको जनाएको छ । त्यस्तै भेरोसियल खोप पहिलो डोज लगाएका तर दोस्रो डोज छुटेका १८ बर्ष वा सो भन्दा माथिका नागरिकको लागि पुस १३ र १४ गते खोप लगाईने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार