बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • आधा मत गणना सकियो, देउवाको मत १२६५

आधा मत गणना सकियो, देउवाको मत १२६५

  • मङ्लबार, मंसिर २८, २०७८
आधा मत गणना सकियो, देउवाको मत १२६५

काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।

प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले पुनः मतदानको संकेत गरेको दाबी गरेका छन्, तर देउवालाई बहुमतका लागि अपुग मत धेरै नभएकाले संस्थापन पक्षका नेताहरु भने पहिलो चरणमै जित्ने आशामा छन् ।

चर्चामा

सम्बन्धित समाचार