बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • माेदीको ट्विटर अकाउन्ट ह्याक

माेदीको ट्विटर अकाउन्ट ह्याक

  • आइतवार, मंसिर २६, २०७८
माेदीको ट्विटर अकाउन्ट ह्याक

एजेन्सी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले पुष्टि गरेको छ। प्रधानमन्त्री @narendramodi को ट्वीटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ।

शनिबार ह्याकपछि राति करिव सवा दुई बजे मोदीको ट्विटर अकाउन्टबाट अनावश्यक ट्विट गरिएको थियो। ‘भारतले आधिकारिक रुपमा विटक्वाइनलाई मान्य दिएको छ। सरकारले ५ सय बिटक्वाइन बाँड्दैछ,’ ह्याकपछि मोदीको अकाउन्टबाट ट्विट गरिएको थियो। तर, सो ट्विट दुई मिनेटपछि हटाइएको थियो। प्रधानमन्त्रीको ट्विटर ह्याकबारे अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार