• होमपेज
  • समाचार
  • बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

  • शनिबार, मंसिर २५, २०७८
बस र भ्यान ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

झापा — बस र मारुती भ्यान एक–आपसमा ठोक्किँदा झापामा एक जनाको मृत्यु भएको छ। साथै सोही दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। बाह्रदशी गाउँपालिका– ३ स्थित लक्ष्मीपुर–राजगढ सडक खण्डमा शनिवार बिहान ७ बजे उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र– १–०१–००१ ख ३५२४ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको मे१च २२२६ मारुती भ्यान एक आपसमा ठोक्किँदा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी भ्यानमा सवार ६ जना घाइते भएका थिए। घाइतेमध्ये भ्यान चालक बाह्रदशी गाउँपालिका–१ निवासी ३४ वर्षीय मिलन भन्ने प्रमोदचन्द्र उप्रेतीको उपचारको क्रममा मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए। बाक्लो हुस्सु लागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार