शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

  • बुधबार, मंसिर २२, २०७८
ओमिक्रोन भेरियन्ट देखिएका दुई जना सङ्क्रमणमुक्त

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएका दुई जना विदेशी नागरिकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनीहरूलाई मङ्गलबार कोरोना परीक्षण गरिएकोमा कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मङ्गलबार गरिएको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । गत मङ्सिर ३ गते नेपाल आएका ६६ र ७१ वर्षीय दुई विदेशी नागरिकको जिन सिक्वन्सिङ गर्दा उनीहरूलाई कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । प्रवक्ता डा. पौडेलले हाल पनि उनीहरूको अवस्था सामान्य रहेको र क्वारेन्टाइनमा बसिरहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार