बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • जीटुजीमार्फत मल खरिद गर्ने तयारी

जीटुजीमार्फत मल खरिद गर्ने तयारी

  • शनिबार, मंसिर १८, २०७८
जीटुजीमार्फत मल खरिद गर्ने तयारी

नेपालले भारत सरकारसँग करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।

उनका अनुसार सरकार जीटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार