बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • शुक्रबार, मंसिर १७, २०७८
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बनियानी — झापाको बिर्तामोड नगरपालिकामा बिहीबार ट्रकको ठक्करबाट मोटरसाइलक चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बिर्तामोड–भद्रपुर सडक खण्डअन्तर्गत बिर्तामोड–९ स्थित धौलापुल नजिकै ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड–९ का सम्पत राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।मोटरसाइकलको पछाडि सवार बिर्तामोड–९ की ३१ वर्षीया शान्ता कार्की घाइते भएकी छन्। उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ।

बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुल नजिकै बिर्तामोडतर्फ आउँदै गरेको मे १ क ७८६ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक राजवंशीलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको थियो। ट्रक र ट्रक चालक भद्रपुर–१० का ३६ वर्षीय गङ्गा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार