बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • चैन्पुर तलकोट मनपरी भाँडा लिदैँ जीप चालक,प्रशासनको नत अनुगमन,न त कार्बाही

चैन्पुर तलकोट मनपरी भाँडा लिदैँ जीप चालक,प्रशासनको नत अनुगमन,न त कार्बाही

  • शुक्रबार, मंसिर १७, २०७८
चैन्पुर तलकोट मनपरी भाँडा लिदैँ जीप चालक,प्रशासनको नत अनुगमन,न त कार्बाही

अर्थ जङ्ग शाही/बझाङ — जिल्लामा सञ्चालन भइरहेका जीप चालकले मनपरी भाडा लिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यहाँ सञ्चालन हुँदै आएका जीप चालकले मनपरी भाडा असुलेको पाइएको छ ।

जिल्लामा सञ्चालन हुने स्थानीय जीपले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेको पाइएको छ । जसले गर्दा सार्वजनिक जीपमा कोरोना सङ्क्रमणसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

सदरमुकाम चैन्पुरबाट तलकोट बजार सम्म जम्मा २८ किलोमिटर दूरीमा यहाँका जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको तलकोटका स्थानीयवासी भरत सार्कीले बडिमालिका खबरलाई बताए।

उनले भने, “कोरोनाको बेला भाडा ३०० भएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन्, भाडा नदिए चालकले यात्रु लैजान मान्दैनन् ।” स्थानीय प्रशासनले सिटको क्षमताभन्दा बढी नबोक्ने भनेको भएपनि यहाँका जीप चालकले एक जीपमा १५ देखि २० जनासम्म यात्रु बोक्ने साँथै हुटमा पनि हालेको भिडियो देख्न सकिन्छ।

सर्वसाधारण महँगो भाडाको चरम मारमा परिरहँदासमेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयले कुनै चाँसो देखाएका छैनन् । नियमन गर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बझाङले चासो नदिएपछि यातायात व्यवसायीले पनि मनपरी जीप भाडा असुल्न थालेका हुन् ।

चर्को भाडादरको मारमा सर्वसाधारण पर्दासमेत सडकले जोडिएका जयपुथ्वी नगरपालिका, र स्थानीय प्रशासनले भाडादर नियन्त्रणका लागि भरपर्दो कदम नचालेको तलकोटका शिक्षक भरत सार्कीले बडिमालिका खबरलाई बताए। भाडादरका विषयमा प्रशासनले पटकपटक निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ

चर्चामा

सम्बन्धित समाचार