शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

धनगढीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

  • मङ्लबार, मंसिर १४, २०७८
धनगढीका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाम — धनगढीका लागि छुटेको बस अछाममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा १० जना घाइते भएका छन्। उनीहरुमध्ये ६ जनालाई जिल्ला अस्पताल मंगलसैन र ४ जनालाई बयलबाटा अस्पताल लगिएको प्रहरीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

चर्चामा

सम्बन्धित समाचार