बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • एमाले अध्यक्षका उम्मेदवार भीम रावल सुदूरपश्चिममै देखिए कमजोर

एमाले अध्यक्षका उम्मेदवार भीम रावल सुदूरपश्चिममै देखिए कमजोर

  • मङ्लबार, मंसिर ७, २०७८
एमाले अध्यक्षका उम्मेदवार भीम रावल सुदूरपश्चिममै देखिए कमजोर

धनगढी — ०७१ सालमा भएको नवौं महाधिवेशनमा भीम रावल लोकप्रिय मत ल्याएर उपाध्यक्षमा विजयी भए। चितवनमा हुने दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने रावलले घोषणा गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्दै रावलले आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका छन्। तर रावललाई दशौं महाधिवेशनमा साख बचाउन चुनौती छ।

सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल विश्वास पात्रले एकीकृत समाजवादी रोजेपछि एमालेभित्र कमजोर देखिएका छन्। एमाले नछाडेका सुदूरपश्चिमका नेताले भने विगतदेखि नै अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिदै आएका छन्।

प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११, बाजुराबाट २१, कञ्चनपुरबाट १६, डोटीबाट १६, कैलालीबाट ४४ र अछामबाट १४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। एमाले सुदूरपश्चिमका एक नेताले भने, ‘एक सय ७१ जनामध्ये रावल पक्षका प्रतिनिधि न्यून छन्। १२÷१४ जना पनि मुस्किलले रावलको पक्षमा छन् होला। रावलको गृहजिल्ला अछाम र कञ्चनपुरबाट छनोट भएका प्रतिनिधि मात्रै रावलको पक्षका छन्।’

महाधिवेशन प्रतिनिधि एकलौटी ढंबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो। रावल पक्षले पनि प्रतिनिधि छनोट गरेको छ। तर उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन्।

‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रदेश अध्यक्ष थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन्।’ यता रावल निकट रहेका एक केन्द्रीय सदस्यले भीम रावल पार्टी अध्यक्ष बन्न सक्ने दाबी गरेका छन्। दिनेश खबरबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार