मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • मेयर रावलको स्वागतको लागि जुत्ता चप्पलको गेट

मेयर रावलको स्वागतको लागि जुत्ता चप्पलको गेट

  • शनिबार, मंसिर ४, २०७८
मेयर रावलको स्वागतको लागि जुत्ता चप्पलको गेट

बाजुरा– त्रिबेणी नगरपालिका ७ का स्थानीयले त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावललाई स्वागतको लागि जुत्ता चप्पलको गेट बनाएको छ ।
त्रिबेणी नगरपालिका ७ खिरपाटामा आएका योजनाहरुको बजेट काटेको र योजना काटिदिएको बिरोधमा खिरपाटा बासीले बिरोध स्वारुप उक्त योजना बनाएको स्थानियले बताए ।
हामिले मेयरलाई स्वागतको लागि कालो झण्डा जुत्ता र चप्पलको गेट बनाएका थियौ । मेयरले उक्त सूचना पाएपछि नेपाली काग्रेँस बाजुराका सभापती समेत रहेका मेयर रावल जंगलको बाटो हुदै भागेका स्थानीयले बताएका छन ।
त्रिबेणी नगरपालिकाको ६ मा नेपाली काँग्रेसको चियापान कार्यक्रममा जानेक्रममा नगर प्रमुख रावललाई खिरपाटाबासीले बाटोमा जुत्ता चप्पलको गेट र कालो झण्डाले स्वागत गर्ने गरि तयारी थालेको सूचना पछि मेयर रावल भागेका स्थानियले बताए ।
मेयर रावलले वडा पालिकाबाट सिफारीस भएर नगरमा पास गरेका कैलाशमाण्डौ पन्धारा सडक, खिरपाटा खानेपानी योजना, ओखड खोला लगाएतका योजनको ५० लाख बजेट काटिदिएको आरोपमा गाउँबासीले बिरोध गरेको खिरपाटाका स्थानीयले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार