सोमवार, असार २२, २०८३
  • होमपेज
  • त्रिवेणी
  • मुखको क्यान्सरबाट पीडित मानबहादुर साउदको उपचारका लागि सहयोगको अपिल

मुखको क्यान्सरबाट पीडित मानबहादुर साउदको उपचारका लागि सहयोगको अपिल

  • सोमवार, असार २२, २०८३
सेयर गर्नुहोस् :
मुखको क्यान्सरबाट पीडित मानबहादुर साउदको उपचारका लागि सहयोगको अपिल

बाजुरा– मुखको क्यान्सरबाट पीडित ३२ वर्षीय मानबहादुर साउदको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। त्रिबेणी नगरपालिका  ९ बागापाटाका साउद लामो समयदेखि भारतमा उपचाररत थिए  उनकाे थप उपचारका लागि ठूलो रकम आवश्यक परेपछि परिवारले देश तथा विदेशमा रहेका नेपाली समुदायसँग सहयोगको आग्रह गरेको हो।
परिवारका अनुसार साउद विगत ११ महिनादेखि राइट बक्कल म्युकोसा क्यान्सरबाट पीडित छन्। हालसम्म भारतका विभिन्न अस्पतालमा दुई पटक शल्यक्रिया सम्पन्न भइसकेको छ भने चिकित्सकहरूले थप तेस्रो शल्यक्रिया, तथा नियमित परीक्षण र औषधोपचार आवश्यक रहेको बताएका छन्।
साउदको उपचार भारतको नोएडा अस्पताल, स्वामी नन्दलाल जी अस्पताल (दिल्ली), तथा सफदरजंग अस्पताल, फोर्टिस अस्पताल नोएडा लगायतका स्वास्थ्य संस्थामा भइरहेको परिवारले जनाएको छ। उपचारका क्रममा लाखौं रुपैयाँ खर्च भइसकेको र आगामी उपचारका लागि थप आर्थिक व्यवस्थापन गर्न नसक्ने अवस्था सिर्जना भएको परिवारको भनाइ छ।
बिरामीकी श्रीमती शुशिला रावल (साउद) ले उपचारका लागि आवश्यक रकम जुटाउन कठिनाइ भइरहेको बताउँदै सहयोग गर्न सक्ने सबैलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरिदिन अनुरोध गरेकी छन्। सहयोग गर्न नसक्नेहरूले पनि यो जानकारी बढीभन्दा बढी व्यक्तिसम्म पुर्‍याइदिन उनले आग्रह गरेकी छन्। सहयोग गर्न इच्छुक व्यक्तिहरूले ग्लोबल आइएमई बैंकको खाता नम्बर ३०६०७०१००५८७८८ वा ईसेवा नम्बर ९७४३५७७८८४ मार्फत आर्थिक सहयोग गर्न सक्ने जनाइएको छ। परिवारले समयमै आवश्यक उपचारका लागि सहयोग जुटेमा साउदको उपचारलाई निरन्तरता दिन सहज हुने विश्वास व्यक्त गरेको छ।

चर्चामा

सम्बन्धित समाचार