शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • जहाँ मसला जस्तै गरी माटो खान्छन् मान्छेहरु !

जहाँ मसला जस्तै गरी माटो खान्छन् मान्छेहरु !

  • बुधबार, कार्तिक २४, २०७८
जहाँ मसला जस्तै गरी माटो खान्छन् मान्छेहरु !

काठमाडौं — संसारका विभिन्न देशमा मानिसहरुको खानपानको शैली पनि फरक फरक छ । खाना पकाउने क्रममा मसलाको प्रयोग गर्ने चलन पनि खानपानको शैली तथा रहनसहन अनुसार फरक फरक छ । तर दुनियामा एउटा यस्तो देश छ जहाँ मानिसहरु माटोलाई नै मसलाको रुपमा प्रयोग गरेर खाने गर्दछन् ।

त्यहाँको माटो निकै स्वादिष्ट हुन्छ र स्वास्थ्यका लागि लाभदायक पनि हुन्छ । त्यसैले मानिसहरुले माटोलाई मसलाको रुपमा प्रयोग गर्दछन् ।

इरानको हर्मूज टापु यस्तो ठाउँ हो जहाँको माटो मसलाको रुपमा प्रयोग गरिन्छ । निकै सुन्दर पहाडको यो टापु त्यहाँका मानिसहरुका लागि विशेष छ । टापुस्थित पहाडहरुको माटो रंगी विरंगी भएका कारणले गर्दा उक्त टापुलाई इन्द्रेणी टापुको नामले पनि चिनिन्छ । त्यहीँको माटो मसलाको रुपमा खान्छन् मान्छेहरु ।

त्यहाँ जाने पर्यटकहरुले पनि ती पहाडको माटो स्वाद लिने गर्दछन् । पर्सियन खाडीमा रहेको उक्त टापुको माटोमा भरपूर खनिज तत्व पाइन्छ । माटोमा निकै धेरै फलाम तथा झण्डै ७० प्रतिशत अन्य खनिज तत्व पाइन्छ ।

पहाडमा नुनका खानी पनि छन् । बेलायतको जियोलोजिकल रिसर्चका प्रमुख भू-वैज्ञानिक डाक्टर क्याथरिन गुडइनफका अनुसार करोडौँ वर्ष अगाडि पर्सियन खाडीस्थित सागरमा नुनको मोटो पत्र जम्मा हुँदै त्यसपछि अन्य खनिजको पत्र थुप्रिएर टापुको निर्माण भएको हो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार