आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन गएका प्रहरीकै मोटरसाइकल चोरी भएपछि…

सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन गएका प्रहरीकै मोटरसाइकल चोरी भएपछि…

  • शनिबार, कार्तिक २०, २०७८
सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन गएका प्रहरीकै मोटरसाइकल चोरी भएपछि…

गस्तीमा गएका प्रहरीकै मोटरसाइकल चोरी भएको घटना सार्वजनिक भएको छ। सप्तरीमा बोदेबर्साइन नगरपालिका–८ बैरियाही टोलबाट शुक्रबार साँझ प्रहरीको मोटरसाइकल चोरी भएको हो। इलाका प्रहरी कार्यालय बोदे बर्साइनबाट दुई जना प्रहरी सवार भएर गस्तीमा गएको बा २ प ५६६१ नम्बरको मोटरसाइकल बैरियाहीबाट चोरी भएको हो।

बैरियाहीमा आयोजित सांस्कृतिक कार्यक्रममा सुरक्षा दिन प्रहरी सहायक निरीक्षक (असई) दिलीप सिंहको नेतृत्वमा दुई जना प्रहरी खटिएका थिए।मोटरसाइकल पार्किङ गरी प्रहरी कार्यक्रमस्थलमा घुमिरहँदा मोटरसाइकल चोरी भएको हो।
जिल्ला प्रहरी कार्यालय, राजविराजका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक उदय द्विवेदीले मोटरसाइकल हराएको पुष्टि गरे। उनले गस्तीमा जाँदा मोटरसाइकल हराएको र खोजबिन भइरहेको बताए।

चर्चामा

सम्बन्धित समाचार