मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाको सचिवालयले निकालेको बिज्ञप्तीको भ्रममा नपर्न वडाअध्यक्षहरुको अनुरोध

त्रिबेणी नगरपालिकाको सचिवालयले निकालेको बिज्ञप्तीको भ्रममा नपर्न वडाअध्यक्षहरुको अनुरोध

  • बुधबार, कार्तिक १७, २०७८
त्रिबेणी नगरपालिकाको सचिवालयले निकालेको बिज्ञप्तीको भ्रममा नपर्न वडाअध्यक्षहरुको अनुरोध

बाजुरा — त्रिबेणी नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले एक बिज्ञप्ती जारी गर्दै केही दिन पहिला नगर प्रमुख रामसिं रावलको सचिवालयले निकालेको बिज्ञप्तीमा कुनै तुक नभएकोले कोही कसैले भ्रममा नपर्न अनुरोध गरेका छन । नगरपालिकाका ६ जना वडा अध्यक्ष र कार्यपालिकाका सदस्य गरी १० जनाको सुयुक्त हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । साे बिज्ञप्तीमा केही दिन पहिले निकालिएकाे नगर प्रमुखकाे सचिवालयकाे बिज्ञप्ती भ्रमात्मक रहेकाेले  वडा अध्यक्ष र जनताकाे वकालत गर्ने  मिडिहरूकाे बदनाम गराउन निकालिएकाेले साे बिज्ञप्तीकाे भ्रममा काेही कसैले नपर्न बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
नगर प्रमुख रामसिं रावलले छापामार शैलीमा नगर सभा सम्पन्न गरेको प्रति आपत्ती जनाउदै सयूक्त बिज्ञप्ती जारी गरेका छन । स्थानिय तहको योजना तथा बजेट तर्जुमा दिग्र्दशन २०७४ अनुसार पारीत नभएको भन्दै त्रिबेणी नगर पालिका वडा न १ का वडा अध्यक्ष मनराज बुढा, वडा न २ का वडा अध्यक्ष प्रभुराज जोशी, वडा न ५ का वडा अध्यक्ष गम्भिर बुढा, वडा न ६ का वडा अध्यक्ष खड्क बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता प्रेम बहादुर थापा र वडा न ९ का वडा अध्यक्ष बिर बहादुर बिष्ट, कार्यपालिका सदस्य सितादेबी अऐडी, बेलुदेबी साउँद, वडा सदस्य मान बहादुर भण्डारी कार्यपालिका सदस्य राजेन्द्र सुनारले सयुक्त हस्ताक्षर सहितको बिज्ञप्ती निकालेका छन ।
नगर प्रमुख रावलले आफु अनुकुल केही नगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु बोलाएर गरेको नगर शभा जनप्रतिनिधी तथा जनताको मतको मर्म र भावना बिपरित भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । पुर्ब असहमती जनाउदा जनाउदै पनि नगर प्रमुख रावलले समस्याको समाधान गर्नुको साटो एकल बाटोमा गएर हिटलर शैलि देखाएको बिज्ञप्तीमा उल्लेख गरेका छन ।

असार ७ गते देखी स्थगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको र शनिबार एकाएक नगर सभा सम्पन्न गरेकाे प्रति बिमती जनाएका छन । ६ जना वडा अध्यक्ष र नगरसभाका सदस्यहरु लगायत २७ जनाको हस्ताक्षेर सहित पुर्ब जानकारी गराउदा गराउदै र ध्यानाकर्षण  ज्ञापन पत्र बुझाएका भए पनि वास्ता नै नगरी नगरसभा सम्पन्न गरेको वडाअध्यक्षहरुकाे हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार