बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • प्राबिधिकको मिलोमतोमा त्रिबेणी नगरपालिकामा १४ सडकमा ५५ लाख बढी भष्ट्रचार

प्राबिधिकको मिलोमतोमा त्रिबेणी नगरपालिकामा १४ सडकमा ५५ लाख बढी भष्ट्रचार

  • शुक्रबार, कार्तिक ५, २०७८
प्राबिधिकको मिलोमतोमा त्रिबेणी नगरपालिकामा १४ सडकमा ५५ लाख बढी भष्ट्रचार

बाजुरा — बाजुराको त्रिबेणी नगरपालिकामा १४ सडकमा ५५ लाख बढी भष्ट्रचार भएको खुलाशा भएको छ । महालेखापरीक्षकको २०७८ मा निकाले प्रतिबेदनमा ५५ लाख ६७ हजार ५० रुपैया अनियमित भएको फिर्ता गर्न निर्देशन दिएको छ । सडकमा डोजर लगाएर काम गरेको तर भुक्तानिमा मानिसले काम गरेको देखाएर रकम अनियमित गरेको पाईएको छ ।
आर्थिक बर्ष ०७६।०७७ मा त्रिबेणी नगरपालिका १४ सडकमा कम खर्च लाग्ने भएपनि प्राबिधिकको मिलोमतोमा बढी भुक्तानि दिएर भष्ट्रचार गरेको पाईएको छ । प्रतिबेदनमा नम्र्स अनुसार सो परिमाणको कार्य सम्पन्न गर्दा मेसिनमा लाग्ने खर्च भन्दा बढी रकम भुक्तानि गरेकोले ५५ लाख ६७ हजार ५० रुपैया असुल गनुपर्ने उल्लेख गरेको छ ।
कोष लेखा नियन्त्रण कार्यलय बाजुराका अनुसार महालेखाले असुल गर्नुपर्ने भनेको रकम अनिवार्य असुल गनुपर्ने हो, त्यो भष्ट्रचार नै रहेको वताएको छ । मलालगाँउ बागपाटा सडक योजनामा २३ लाख ९ हजार १ सय ४ रकम भुक्तानि भएको छ । त्यसमा १८ लाख ५ हजार मात्र भक्तानि गनुपर्नेमा ६ लाख ९७ हजार ८ सय १९ बढी भुक्तानि गरेकोले असुल गर्ने प्रतिबेदनमा जनाएको छ । त्यस्तै चाल्ने गडा देखि चिप्ले खोला सडकमा ५ लाख ४१ हजार ५ सय ९६ रुपैया अनियमित भएको छ ।

No description available.
खिरपाटा देखि पन्धारा रोड निर्माण ५ लाख ५२ हजार ७ सय ५१ बढी भुक्तानि गरेको छ । यसरी १४ वटा सडकमा बढि भुक्तानि गरेको पाईएको हो । मेसिन प्रयोग गर्दा जिल्ला दररेट भन्दा बढी रकम भुक्तानि गरेर अनियमित गरेको प्रतिबेदनले जनाएको छ । नगरपालिका कर्मचारी, जनप्रतिनिधि, प्राबिधिक र उपभोक्ताको मिलोमतोमा लाखौ रुपैया भष्ट्रचार भएको हो । त्रिबेणी नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत चिरिञ्जीबि शाहका अनुसार आफुलाई भने कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । त्यो बेला अरुनै प्रमुख प्रशासकिय अधिकृत रहेको महालेखामा प्रतिबेदनमा उल्लेख गरेको सुनिन आएको अरु कुनै जानकारी नभएको वताएको छ ।
नगरपालिकाले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० (२) मा निर्माण कार्यको लागत अनुमान तयार गर्दा सो सँग सम्बन्धित नम्र्स अनुसार तयार गुनपर्ने हुन्छ । तर नगरपालिकामा भने मनोमानी रुपमा काम गरेको पाईएको छ । कोलेनिका बाजुराका एक लेखापालले भने यो सबै भन्दा बढी कमजोरी प्राबिधिकको हो, त्यसपछि अनुगमन गर्ने समितिको रहेको वताए । यो सरासर भष्ट्रचार रहेको उनले थपे । त्रिवेणी नगरपालिका आर्थिक बर्ष ०७६।०७७ मा मात्र १५ करोड २ लाख ९० हजार बेरुजु रहेको छ । बाजुरामा सबै भन्दा बढी बेरुजु भएको पालिकामा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार