मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा नगर प्रमुखको लापरबाही गरेको भन्दै जनप्रतिनिधी आन्दोलनमा

त्रिबेणी नगरपालिकामा नगर प्रमुखको लापरबाही गरेको भन्दै जनप्रतिनिधी आन्दोलनमा

  • शुक्रबार, कार्तिक १२, २०७८
त्रिबेणी नगरपालिकामा नगर प्रमुखको लापरबाही गरेको भन्दै  जनप्रतिनिधी आन्दोलनमा

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावलले नगरपालिकामा चरम भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका छन । असार ७ गते देखी स्तगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको भन्दै सबै वडा अध्यक्ष र नगरसभाका सदस्यहरु लगायत २७ जनाको हस्ताक्षेर सहित ज्ञापन पत्र बुझाएका छन ।
नगरपालिकामा काग्रेसको अधिबेशन आएको र पछि नगर सभा गरौला भन्दै नगर प्रमुख रामसिहं रावलले नगरपालिकाको सबै पैशा अधिबेशनमा खर्च गरेकोले हाल सम्म पनि नगरसभा संचालन नगरेको वडा अध्यक्ष प्रेम थापाले आरोप लगाएका छन ।
नगरपालिकाले यो आर्थिक बर्षमा १४ करोड बिनियोजन गर्नुपर्नेमा १३ करोड रुपैया अघिल्लो बर्षको दाइत्व बुझाउनु पर्ने भन्दै आलटाल गरेको जनप्रतिनिधिहरुले बताएका छन । अहिलेको अबस्थामा कर्मचारीहरुले तलव पाउन समेत समस्या छ यता शिक्षकहरु पनि आन्दोलनमा रहेको बेला मेयर नै नगरपालिका छोडेर भागेको आरोप लगाएका छन ।
बिहिबार देखी संचालन भएको नगर सभाको कार्यक्रम अधुरै छोडेर मेयर भागेको वडाअध्यक्षहरुले आरोप लगाएका छन । नगरसभामा सबै समान किसिमले बजेट बिनियोजन गरौ भन्दा मेयर रावल नगर सभाका सदस्यहरु माथी खनिए र आज नगरसभामै नबसेर नगर सभाको निणर्य पुस्तिका समेत लगेर भागेको त्रिबेणी नगरपालिकाका प्रबक्त तथा वडा अध्यक्ष प्रेम थापाले बताएका छन ।
इसिडीका शिक्षिकाहरुले दशै तिहार जान लाग्दा पनि तलव नपाएको भन्दै आन्दोलन गर्न थालेका स्थानीयले बताएका छन । मेयर रामसिहं रावल हालै सम्पन्न नेपाली काग्रेस बाजुराको अधिबेशनमा हुमीएका कारण बजेट बिनियोजनमा ढिलाई भएको उप मेयर राधिका सुनारले बडिमालिका खवरलाई बताएकी छन ।
त्यसै गरि मेयर रामसिहं रावलले हालै सम्पन्न नेपाली काग्रेसको अधिबेशनमा हारेकाहरुको समुहले लगाउने आरोप मात्रै रहेको बडिमालिका खवरलाई बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार