मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • छापामार शैलीमा त्रिबेणी नगरपालिकाको नगरसभा सम्पन्न गरेकाे वडाअध्यक्षहरूकाे आरोप 

छापामार शैलीमा त्रिबेणी नगरपालिकाको नगरसभा सम्पन्न गरेकाे वडाअध्यक्षहरूकाे आरोप 

  • आइतवार, कार्तिक १४, २०७८
छापामार शैलीमा त्रिबेणी नगरपालिकाको नगरसभा सम्पन्न गरेकाे वडाअध्यक्षहरूकाे आरोप 

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले छापामार शैलिमा नगर अधिबेशन सम्पन्न गरेको नगर शभाका सदस्यहरुले आरोप लगाएका छन । नगर पालिकाका ६ जना वडा अध्यक्ष र कार्यापालिकाका सदस्यहरु नबोलाएरै नगर प्रमुख रावलले नगर शभामा एक लौटी गरेको वडा न ७ का वडा अध्यक्ष प्रेम बहादुर थापाले बताएका छन । असार १० गते भित्रै नगर सभा सम्पन्न गर्नुपर्नेमा हाल सम्म चुप लागेर बसेकाे नगर प्रमुख रावलले छापामार शैलीमा नगर सभा सम्पन्न गर्नु भ्रष्टाचारकाे दलदलान रहेकाे हुन सक्ने भएका कारण रातारात नगर शभा सम्पन्न गरेकाे वडाअध्यक्षहरूकाे आरोप  रहेकाे छ ।
इतिहासमै पहिलो पटक आफ्नै सत्तामा रहेका नगर शभाका सदस्यहरुलाई नबोलाएर नगर अधिबेशन सम्पन्न गर्नु हिटलर शैलि भएको वडा अध्यक्ष प्रेम थापाले बताए । मेयर रावल पनि नेपाली काग्रेशकै हुन हामी पनि काग्रेसकै हाै याे चाही मेयरकाे हिटलर शैलि भयाे एक वडा अध्यक्षले भने । हालै सम्पन्न नेपाली काग्रेसकाे अधिबेशनमा मेयर रामसिहं रावलले जिल्ला सभापतीमा  जितेका छन ।

त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावलले नगरपालिकामा चरम भ्रष्टाचार गरेको आरोपमा नगर प्रमुखलाई ज्ञापन पत्र बुझाउदा बुझाउदै पनि एका एक नगर अधिबेशन सम्पन्न गर्नु नगर प्रमुखको ठुलो गलत भएको वडा २ का वडा अध्यक्ष प्रभुराज राज जोशीले बताएका छन । असार ७ गते देखी स्तगित भएको नगरसभा संचालन गर्न पटक पटक माग गर्दा पनि अस्विकार गरेको र शनिबार एकाएक नगर सभा सदस्य तथा वडा न १ का वडा अध्यक्ष मनराज बुढाले बताएका छन । ६ वडा अध्यक्ष र नगरसभाका सदस्यहरु लगायत २७ जनाको हस्ताक्षेर सहित केही दिन अगाडी ध्यानाकर्षण गर्दै ज्ञापन पत्र बुझाएका भए पनि वास्ता नै नगरी नगर सभा सम्पन्न गरेको वडाअध्यक्षहरुले बताएका छन । ६ वटा वडाका वडा अध्यक्षहरु सहभागी नगराएरै नगर सभा सम्पन्न गरेकोमा जिल्ला प्रशासन लगायतका ठाउँमा पनि जानकारी गराएका छौ वडा अध्यक्ष प्रेम बहादुर थापाले बडिमालिका खवरलाई बताएका छन ।
नगरपालिकामा काग्रेसको अधिबेशन आएको र पछि नगर सभा गरौला भन्दै नगर प्रमुख रामसिहं रावलले नगरपालिकाको सबै पैशा अधिबेशनमा खर्च गरेकोले हाल सम्म पनि नगरसभा संचालन नगरेको वडा अध्यक्ष प्रेम थापाले आरोप लगाएका छन ।
सो सभामा त्रिबेणी नगर पालिका वडा न १ का वडा अध्यक्ष मनराज बुढा, वडा न २ का वडा अध्यक्ष प्रभुराज जोशी, वडा न ५ का वडा अध्यक्ष गम्भिर बुढा, वडा न ६ का वडा अध्यक्ष खड्क बहादुर बुढा, वडा न ७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता प्रेम बहादुर थापा र वडा न ९ का वडा अध्यक्ष बिर बहादुर बिष्ट लगायतका नगर सभाका २७ जना सदस्यहरुलाई कुनै जानकारी नै नगरी नगर सभा सम्पन्न गरेको वडाअध्यक्ष थापाले जानकारी दिएका छन ।
नगरपालिकाले यो आर्थिक बर्षमा १४ करोड बिनियोजन गर्नुपर्नेमा १३ करोड रुपैया अघिल्लो बर्षको दायीत्व बुझाउनु पर्ने भन्दै आलटाल गरेको जनप्रतिनिधिहरुले बताएका छन । अहिलेको अबस्थामा कर्मचारीहरुले तलव पाउन समेत समस्या छ यता शिक्षकहरुलाई समेत तलव खुवान नसकेको वडाअध्यक्षहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार