मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिबेणी नगरपालिकाका इसिडि शिक्षिका र जनप्रतिनिधी आन्दोलनमा

बाजुराको त्रिबेणी नगरपालिकाका इसिडि शिक्षिका र जनप्रतिनिधी आन्दोलनमा

  • शुक्रबार, कार्तिक १२, २०७८
बाजुराको त्रिबेणी नगरपालिकाका इसिडि शिक्षिका र जनप्रतिनिधी आन्दोलनमा

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ईसिडी शिक्षिका र जनप्रतिनिधीहरु समेत आन्दोलनमा उत्रिएका छन । त्रिबेणी नगरपालिकाका मेयर रामसिहं रावलले कर्मचारीहरुको दशैको बेला समेत तलव दिन बजेटमा ल्याउन ढिलाइ गरेकाे  भन्दै आन्दोलनमा उत्रिएका छन ।इसिडि शिक्षिकाहरू हिजाेदेखी नै तलव चाहियाे भनेर आन्दोलन गरिरहेका जनाएका छन ।

मेयर रावलले एकलौटी रुपमा काम गरेको बजेट ल्यान समेत नलागेका कारण  जनप्रतिनिधीहरु पनि आन्दोलनमा उत्रिएका छाै वडा अध्यक्ष प्रेम थापाले भने  ।  हामि अहिले हस्ताक्षर अभियानमा छाै केही समयम मेयरले आनाकानी गरेमा आन्दाेलन गर्ने वडाअध्यक्षहरूले बताएका छन । यता जनप्रतिनिधीहरु नगर सभा नसकेर ब्यक्तीगत काममा गएको र बजेट ल्याउन ढिलाई गरेको भन्दै वडाअध्यक्षहरु हस्ताक्षर अभियानमा लागेका बताएका छन ।
बिहिबार देखी संचालन भएको नगर सभाको कार्यक्रम अधुरै छोडेर मेयर भागेको वडाअध्यक्षहरुले आरोप लगाएका छन । नगरसभामा सबै समान किसिमले बजेट बिनियोजन गरौ भन्दा मेयर रावल नगर सभाका सदस्यहरु माथी खनिए र आज नगरसभामै नबसेर नगर सभाको निणर्य पुस्तिका समेत लगेर भागेको त्रिबेणी नगरपालिकाका प्रबक्त तथा वडा अध्यक्ष प्रेम थापाले बताएका छन ।
त्यसै गरी इसिडीका शिक्षिकाहरुले दशै तिहार जान लाग्दा पनि तलव नपाएको भन्दै आन्दोलन गर्न थालेका स्थानीयले बताएका छन । मेयर रामसिहं रावल हालै सम्पन्न नेपाली काग्रेस बाजुराको अधिबेशनमा हुमीएका कारण बजेट बिनियोजनमा ढिलाई भएको उप मेयर राधिका सुनारले बडिमालिका खवरलाई बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार