बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पत्रपत्रिका
  • भारतीय बजारमा नेपालको बिजुली

भारतीय बजारमा नेपालको बिजुली

  • बुधबार, कार्तिक १७, २०७८
भारतीय बजारमा नेपालको बिजुली

लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ । भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो । यो सँगै नेपालको अन्तर देशीय विद्युत् व्यापारमा नयाँ आयाम थपिएको छ ।

पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा रहेको नुवाकोटस्थित २४ मेगावाटको त्रिशूली जलविद्युत् आयो जना र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

यस्तो अनुमति पाउने नेपाल दक्षिण एसियामै पहिलो देश हो । सरकारले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत् गृहबाट उत्पादित विद्युत् पनि भारतीय बजारमा बिक्रीका लागि सूूचीकृत गर्न प्रस्ताव पठाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार