बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • आज २०७८ कात्तिक ८ गते सोमबारको राशिफल

आज २०७८ कात्तिक ८ गते सोमबारको राशिफल

  • सोमवार, कार्तिक ८, २०७८
आज २०७८ कात्तिक ८ गते सोमबारको राशिफल

आज २०७८ कात्तिक ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

वृष आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।

मिथुन प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।

कर्कट सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

सिंह आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

कन्या आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

तुला आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।

वृश्चिक वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

धनु आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।

मकर घरायसी कार्य अगाडि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । सफल यात्राको योग पनि छ ।

कुम्भ आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।

मीन आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

चर्चामा

सम्बन्धित समाचार